
१पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
२झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
८फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
११ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
३सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
४कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
५‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
६१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
७‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
८गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
११भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेशपोखरा, ८ पुस । संघर्षशील बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना र ठगी गरेको आरोपमा अध्यक्ष विक्रम पाण्डे र मुख्य योजनाकार सचिव कमल सुवेदी आइतबार दिउँसो पक्राउ परेका छन् । सहकारीको झण्डै ३ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा अध्यक्ष पाण्डे र सचिव सुवेदी पक्राउ परेका हुन् ।
संघर्षशील सहकारीका सञ्चालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरी रकम हिनामिना एवम् ठगी गरेको भन्दैं बचतकर्ताहरुले सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश कार्यालय पोखरामा उजुरी दिएका थिए । सहकारी रजिष्ट्रारको कार्यालयले गरेको वित्तीय छानबिन पश्चात् रकम हिनामिना भएको पुष्टि भएपछि कारवाहीका लागि प्रहरीलाई पुस ७ गते पत्राचार गरेको थियो ।
पक्राउ परेका पत्रकार सुवेदी नेकपा एमालेका कार्यकर्ता हुन् । उनले गन्थन डटकम सञ्चालन गर्दै आईरहेका थिए । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिका सचिव रहेका सुवेदी नेकपा एमालेका प्रचार प्रसार समितिका सदस्य पनि हुन् । त्यसैगरी अध्यक्ष अभिमन्यू भनेर चिनिने विक्रम पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीसँग आवद्ध छन् ।
सहकारीका अध्यक्ष अभिमन्यू भनेर चिनिने धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं। ६ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ८, नयाँबजार बस्ने ३३ वर्षीय विक्रम पाण्डेलाई सहकारी रजिष्ट्रारको कार्यालय भित्रबाट र सोही सहकारी संस्थाका सचिव तथा व्यवस्थापक पोखरा महानगरपालिका वडा नं। ३१ बेगनास स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं। ३०, शिसुवामा बस्ने ३४ वर्षीय कमल सुवेदीलाई पोखरा–२३ स्थित सहकारीको कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुलाई सहकारी ठगी सम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख श्याम ओलियाले जानकारी दिए । पक्राउ परेका पत्रकार सुवेदी नेकपा एमालेका कार्यकर्ता हुन् । उनले गन्थन डटकम सञ्चालन गर्दै आईरहेका थिए । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिका सचिव रहेका सुवेदी नेकपा एमालेका प्रचार प्रसार समितिका सदस्य पनि हुन् । त्यसैगरी अध्यक्ष अभिमन्यू भनेर चिनिने विक्रम पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीसँग आवद्ध छन् ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
३सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
४कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
५‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित