
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
पोखरा, २५ मंसिर । जनप्रिय बहुमुखी क्याम्पसको ३३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मंगलबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पसका संस्थापक प्राध्यापक एवम् पूर्व क्याम्पस प्रमुख पीताम्बर शर्मा तिमिल्सिनाले शिक्षासँगै प्राविधिक सिप र व्यावहारिक ज्ञान दिने हो भने विद्यार्थी स्वदेशमै टिक्ने, बिचमै पढाइ छोडेर पलायन रोक्न पढ्दै कमाउँदैको रणनीति बनाउनु पर्ने सुझाव दिए । तिमिल्सिनाले क्याम्पसको विकासका लागि नेतृत्वले अपनत्व लिनु पर्नेमा जोड दिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले भौतिक पूर्वाधार र शैक्षिक गतिविधि उत्कृष्ट रहेकाले विद्यार्थी भर्नादर घट्दो भए पनि गुणस्तरमा संझौता नगर्ने जनाए । विजुक्छेले सामुदायिक क्याम्पस सञ्चालनमा सास्ती र समस्याहरू छन्, आफ्नै खुट्टामा उभिएर मानित विश्वविश्द्यालय बनाउने सपना पूरा गर्ने बताए ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै जेएमसीले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिवद्धता सहित भिजन २१०० रणनीतिक योजना अनुरूप मानित विश्वविद्यालय बनाउन लागेको बताए । क्याम्पसले स्वयत्त कार्यक्रम अन्तर्गत नेपालमे पहिलो पटक स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट १३ वटा शैक्षिक कार्यक्रम चलाइरहेको बराले उल्लेख गरे ।
पूर्वअध्यक्ष दामोदर चालिसे, पूर्व क्याम्पस प्रमुख भरतराज गौतम, संरक्षक प्रकाशदेव पालिखे, जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषि बुढाथोकी, नेपाल राष्ट्रिय प्रगतिशील प्राध्यापक संघका अध्यक्ष सन्तोष अधिकारी, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष नरेश बराल, अखिल क्रान्तिकारीका रुमेश पौडेल, नेपाल विद्यार्थी संघका सुजन भट्टराई, अनेरास्ववियुका सचिन अधिकारी लगायतका वक्ताले शुभकामना दिँदै जनप्रियको शाखलाई जोगाउन आन्तरिक समस्या समाधान गरी क्याम्पसलाई केन्द्रमा राख्न आग्रह गरेका थिए ।
उत्कृष्ट कार्यसम्पादन गरेका उपप्राध्यापक दिननाथ लामिछाने र कर्मचारी विमला पौडेललाई नगद, कदरपत्र र दोसल्ला आढाएर सम्मान गरिएको थियो । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको स्मृतिमा स्थापित पुरस्कारबाट कर्मचारी उपेन्द्र चौधरी सम्मानित भएका छन् ।
विभिन्न संस्था तथा व्यक्तिद्वारा स्थापित अक्षयकोषबाट उत्कृष्ट शैक्षिक नजिता ल्याउने विद्यार्थीलाई छात्रावृत्तिको नगद रकम र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । त्यस्तै अतिरिक्त क्रियाकलाप अन्तर्गत भलिवल, ब्याडमिन्टन, रस्साकसी, बास्केटबल, टेवुलटेनिस, नृत्य, हाजिरीजवाफ, कविता, निबन्ध, वक्तृत्वकला, बुद्धिचाल, चित्रकला प्रतियोगिताका बितेजालाई प्रमाणपत्र, शिल्ड, मेडल, नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रातः र दिवा सत्रमा ४ हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका सामुदायिक क्याम्पस मध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा अब्बल ठहरिएको छ । गण्डकी प्रदेश सरकारले प्रदेशकै उत्कृष्ट क्याम्पसका रूपमा गत असोज २ गते जनप्रियलाई पुरस्कृत गरेको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय इकाइका अध्यक्ष विकास थापामगरले गरेका थिए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ