
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
पोखरा, ११ कार्तिक । सफलता महिला कृषि सहकारी संस्था पोखराको अध्यक्षमा तारा ढकाल बराल निर्वाचित भएकी छिन् । सहकारीको दशौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले बराललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा प्रमिला बराल, सचिवमा लक्ष्मी तिमिल्सिना अधिकारी, कोषाध्यक्षमा सृजना बराल र सहसचिवमा कमला बराल चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा परिना बराल, तारा अधिकारी भण्डारी, गंगा बराल, सरस्वती कोइराला, हरिमाया बराल, गंगा अधिकारी र सपना अधिकारी चुनिएका छन् । यस्तै, लेखा समिति संयोजकमा सुजिता ढकाल बराल, सदस्यमा सुनिता पौडेल र ऋण संयोजकमा विजया बराल रहेका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्यले सहकारीले कृषि उत्पादनको काम अगाडि बढाउने हो भने आफ्नो व्यक्तिगत र संस्थागत रुपमा साथ सहयोग रहने बताए । उनले सहकारीका ७ सिद्धान्तबाट विचलित नभई काम गर्नुपर्नेमा जोड दिदै आफ्ना वडा भित्रका कृषकलाई संरक्षण प्रर्वद्धन गर्न वडा कार्यालय तयार रहेको विचार व्यक्त गरे ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष दुर्गा अधिकारीले संस्थाले उद्देश्य अनुरुप काम गर्दै उत्पादनको क्षेत्रमा सोचे जस्तो काम गर्न समय र परिस्थितिका कारण पनि नसकिएको बताउँदैं सहकारीले आलु, अदुवा, बेसार उत्पादन गर्न सुरु गर्ने योजनामा रहेको बताईन् । साथै महिला उद्यमशीलताको विकासका लागि सहकारीले विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दै आईरहेकोमा अझैं यसलाई जोड दिने संस्थापक अध्यक्ष अधिकारीको भनाई थियो ।
कार्यक्रममा अन्नपूर्ण ट्रेडिङका प्रमुख मेखबहादुर खत्री, महिला क्लब पोखराका अध्यक्ष मिना आचार्य, क्रियाशिल महिला विकास कृषि सहकारीका अध्यक्ष मनमाया बराल र लेखा समिति संयोजक नारायणी बराल लगायत सहकारीले खेलेको भूमिका र महत्वका बारेमा आआफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि.को आधिकारीक विक्रेता अन्नपूर्ण टेडिङ्ग (रत्नम दानेदार अर्गानिक मल)ले ५० केजी अर्गानिक मल सहकारी संस्थालाई प्रदान गरेको थियो ।
संस्थाका अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तारा ढकालले स्वागत, सचिव प्रमिला बरालले कार्यक्रम सञ्चालन र सदस्य लक्ष्मी तिमिल्सिना अधिकारीले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् । उक्त अवसरमा जेष्ठ नागरिक आमा भागीरथी बराल, उत्कृष्ठ बचतकर्ता विष्णु पौडेल र उत्कृष्ठ कारोबारी देवकुमारी (अम्बिका) तिवारीलाई सम्मान गरिएको थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने