
१कास्कीका तीन क्षेत्रमा रास्वपाका उम्मेदवारले क्लिनस्विप गर्दा ४९ मध्ये ४० उम्मेदवारको धरौटी जफत
२स्याङ्जामा समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो, ३ पार्टीको शून्य मत
३१ करोड ४ लाख समानुपातिक मत गन्दा रास्वपाले कटायो ५० लाख मत, अन्य दलको कति ?
४प्रत्यक्ष र समानुपातिकमा कुन दलले कति कति पाए ?
५गोरखा १ मा रास्वपाका सुधन गुरुङ विजयी
६जेनजी आन्दोलनका खलनायक पृथ्वीसुब्बा गुरुङको लज्जास्पद हार
७गोरखा २ बाट रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी विजयी
८केपी ओली, पूर्वगृहमन्त्री लेखक, गृहसचिव, आईजीपी र सिडिओमाथि फौजदारी मुद्दा चलाउन सिफारिस
९सिन्धुपाल्चोक क्षेत्र २ बाट नेकपाका युवराज दुलाल निर्वाचित
१०तनहुँ २ मा रास्वपाका ईञ्जिनियर श्रीराम न्यौपाने निर्वाचित
११ओलीलाई ठुलो मतान्तरले हराउँदैं बालेन विजयी
१२एमालेका महेश बस्नेतको लज्जास्पद हार
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
८धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
९प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
पोखरा, ११ कात्तिक । कर्मचारी मिलन केन्द्र कास्कीद्वारा प्रकाशित ‘कर्मचारी दर्पण २०८१’ अङ्क–तीन आज पोखरामा लोकार्पण गरिएको छ । पुस्तकको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट र जिल्ला न्यायाधीश नवराज दाहालले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख सचिव विष्टले सार्वजनिक सेवा प्रवाहका साथै राष्ट्रसेवक कर्मचारीको एकआपसमा भेटघाट र समन्वय गर्ने साझा संस्थाका रुपमा कर्मचारी मिलन केन्द्र क्रियाशील बनेको बताउनुभयो । सार्वजनिक प्रशासनका विविध पक्षलगायत विभिन्न लेखरचनालाई समावेश गरी प्रकाशन गरिएको पुस्तक उपयोगी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला न्यायाधीश दाहालले विभिन्न सेवा प्रदायक निकायमा काम गर्ने राष्ट्रसेवकको अनौपचारिक फोरमका रुपमा मिलन केन्द्र रहेको बताउँदै यसका माध्यमबाट विभिन्न रचनात्मक गतिविधि सञ्चालन हुँदै आएको जानकारी दिनुभयो ।
मिलन केन्द्रका संरक्षक एवं कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले केन्द्रको सक्रियतामा सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक महिना पोखरा क्षेत्रमा प्राकृतिक एवं सांस्कृतिक सम्पदा सरसफाइलगायत विभिन्न रचनात्मक गतिविधि सञ्चालन हुने गरेको बताउनुभयो ।
मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले सार्वजनिक सेवा प्रवाहका नियमित कामका अतिरिक्त राष्ट्रसेवकबीच आपसी सद्भाव अभिवृद्धिका साथै विभिन्न सिर्जनात्मक कामलाई केन्द्रले सञ्चालन गरिरहेको बताउनुभयो । सम्पदा सरसफाइका साथै हरितालिका तीजमा असहाय आश्रित महिला दिदीबहिनीका लागि दरभोजका लागि सहयोगका साथै योग दिवसलगायत हरेक कार्यक्रममा केन्द्रले नेतृत्वदायी भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।
एक सय ६८ पृष्ठमा समेटिएको कर्मचारी दर्पणको प्रधानसम्पादकमा नवराज बराल रहनुभएको छ भने सम्पादकहरूमा नवराज गौतम, सन्तोष ढुङ्गाना र वासुदेव पौडेल हुनुहुन्छ । पुस्तकमा सार्वजनिक प्रशासनसहित विभिन्न सेवा क्षेत्र समेटिएका विज्ञ तथा लेखकका २६ वटा रचना समावेश गरिएको मिलन केन्द्रका सचिव एवं सम्पादक सन्तोष ढुङ्गानाले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल सरकारको विशिष्ट श्रेणीमा पदोन्नति हुनुभएको भन्दै केन्द्रका तर्फबाट प्रदेश प्रमुख सचिव विष्ट, पुस्तक प्रकाशनमा प्रधानसम्पादकको जिम्मेवारी निर्वाह गर्नुभएको भन्दै जिल्ला समन्वय अधिकारी बराललाई सम्मान गरिएको थियो । कास्कीका विभिन्न कार्यालयमा जिम्मेवारी सम्हाल्न हालै आउनुभएका कार्यालय प्रमुख एवं कर्मचारीलाई केन्द्रकातर्फबाट स्वागत गरिएको थियो । रासस
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
३रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
४चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद