
१‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
२पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
३देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
४जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
५फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
६माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
७जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
८उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
९मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१०सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
८पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
९मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पोखरा , ४ कात्तिक । पोखरा पर्यटन परिषद्ले आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटा हिमाल सफल आरोहण गर्नुभएका तेजन गुरुङलाई एक समारोहबीच आज पोखरामा सम्मान गरेको छ ।
आरोही गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । कार्यक्रममा महानगरपालिकाका प्रमुख आचार्यले गण्डकी प्रदेशले पर्वतीय पर्यटनका धेरै सम्भावना बोकेको बताउनुभयो । आरोही गुरुङले हिमाल आरोहणमार्फत गर्नुभएको कीर्तिमानी पोखरासहित समग्र राष्ट्रकै लागि गौरवको विषय भएको उहाँले बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पदयात्रा र पर्वतीय पर्यटनको विकासमा जोड दिँदै गण्डकी प्रदेशका हिमालहरूमा आरोहणको क्रम बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । आरोहणका माध्यमबाट गुरुङले बनाउनुभएको कीर्तिमानी प्रशंसायोग्य भएको उल्लेख गर्दै उहाँले गुरुङले आगामी दिनमा पनि महत्वपूर्ण सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आरोही गुरुङले विभिन्न समयमा आठ हजार मिटरभन्दा बढी उचाइका सगरमाथा, ल्होत्से, अन्नपूर्ण, मकालु, कञ्चनजङ्घा, नाङ्गा पर्वत, जि टू, जि वान, बोर्ड पिक, के टू, मनास्लु, धौलागिरि, चोयू र शिसापन्ज्म हिमालहरू आरोहण गर्नुभएको थियो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चौबहादुर गुरुङ, सचिव नारायण सुवेदी लगायतले गण्डकी प्रदेशमा पर्वतीय पर्यटनका विविध सम्भावनाबारे धारणा राख्नुभएको थियो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी