
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
पोखरा, २ कार्तिक । हिमाल पारीको जिल्ला प्रसिद्ध पर्यटकीय गन्तव्य मुस्ताङमा प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सवका रूपमा यही आजदेखि ८ गते सम्म साताव्यापी इन्टरनेसनल माउन्टन आर्ट फेस्टिभल हुँदैछ ।
महोत्सवमा नेपालका श्रीजन राजकर्णिकार, एरिना ताम्रकार, हरेराम जोजू, एनबि गुरुङ, वाङ लामा, मनोज तामाङ, आकाश गुरुङ, ध्वज गुरुङ, नवीन नाल्बो लगायत थाइल्याण्ड, पोल्याण्ड, रुमानिया, इन्डोनेसिया, ताइवान, र भुटानका १६ जना कलाकारहरूले हिमाली क्षेत्रमा तत्स्थानीय सजीव चित्रकला र सिर्जनात्मक प्रस्तुति दिने जनाइएको छ ।
महोत्सवमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव अन्तर्गत हुने फिल्म प्रदर्शनीले पर्वतीय समुदायको कथा र प्रकृतिको सौन्दर्यलाई सिनेमा माध्यमबाट प्रस्तुत गर्नेछ । फिल्म प्रदर्शनीले हिमाली जनजीवनको संघर्ष, सफलताका कथा र प्राकृतिक छटालाई पर्दामा उतार्नेछ, जसले दर्शकलाई हिमाली जीवनशैलीको अनभिज्ञ पक्षहरूसँग जोड्नेछ ।
हिमाली क्षेत्रको भूगर्भीय विशेषता महोत्सवको अर्को आकर्षण हो । फोसिल हन्ट र स्टोन आर्ट कार्यक्रमले पुराना जीवाश्महरूको खोजी र त्यसमा आधारित कला सिर्जनालाई प्रोत्साहित गर्नेछ । हिमाली क्षेत्रको समृद्ध इतिहास र भूगर्भीय महत्वलाई कलात्मक रूपमा प्रस्तुत गर्नु यसको उद्धेश्य हो ।
महोत्सवमा संस्कृति र परम्परालाई जीवन्त राख्न स्थानीय सङ्गीत, नृत्य र साँस्कृतिक कार्यक्रमहरू पनि राखिएको छ । स्थानीय र अन्तर्राष्ट्रिय संगीतकारहरूले हिमाली क्षेत्रको शान्त वातावरणमा साँगीतिक प्रस्तुति दिँदै ध्वनि उपचार जस्तो पारम्परिक विधिको उपयोगले मानसिक र शारीरिक सन्तुलनको अनुभूति गराउन महत्वपूर्ण भूमिका खेल्ने छन् ।
मुस्ताङ आर्ट प्रोजेक्टद्वारा आयोजित महोत्सवमा मुख्य प्रायोजकहरूमा रेडहाउस लज र थाङविल्ला रहेका छन् । महोत्सवलाई युरोपियन युनियनले सहयोग गरेकोे छ । मुस्ताङको प्राचीन साँस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवले नेपाललाई विश्व साँस्कृतिक क्षेत्रमा स्थापित गर्ने अभिप्राय राखेको छ ।
महोत्सवले हिमाली जीवनशैली, प्राकृतिक सौन्दर्य र साँस्कृतिक विविधताको महत्वलाई कलाको माध्यमबाट उजागर गर्दै स्थानीय पर्यटनलाई प्रोत्साहन गर्न, अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला र संस्कृति प्रस्तुत गर्न, मुस्ताङ क्षेत्रलाई थप लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।
महोत्सवले स्थानीय स्तरमा रोजगार सिर्जना गर्न, साँस्कृतिक सम्पदाको संरक्षणमा टेवा पु¥याउन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको साँस्कृतिक पहिचानलाई मजबुत बनाउन सक्ने सम्भावना रहेको छ । प्रकृति, संस्कृति र कलालाई एउटै मञ्चमा प्रस्तुत गर्दा मानव र प्रकृतिको अनन्त सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पु¥याउने आयोजकले जनाएको छ ।
प्रकृति, संस्कृति र सिर्जनशीलता मिश्रित अद्वितीय महोत्सवले मुस्ताङलाई सिंगो विश्वको साँस्कृतिक केन्द्रको रूपमा चिनाउन मद्दत गर्नेछ । यो महोत्सव नेपालका लागि मात्र नभइ समग्र विश्वका कला प्रेमीहरूका लागि प्रेरणाको स्रोत बन्न सक्ने दावी आयोजकको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने