
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
कञ्चनपुर, २४ असोज । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाईलाई दसैँ खर्च जुटाउने पिरलो छ । चाड पर्वमा मिठो मसिनो खाने, नयाँ लुगा लगाउने रहर भए पनि दमाई परिवार खर्च जुटाउन नसक्दा अन्योलमा रहेका छन् ।
तीन पुस्ता हलिया बसेका दामोदर सडक छेउमा रहेको सानो झोपडीमा बस्दै आउनुभएको छ । उहाँ झोपडीकै एक कोठामा सिलाई मेसिन राखेर ग्राहकका पुराना लुगाफाँटा सिउने काम गर्दै आउनुभएको छ । गतिलो सीप नहुँदा नयाँ लुगा सिउनेहरूमध्ये थोरै मात्र उहाँ कहाँ पुग्छन् ।
महिनामा हुने दुई चार हजार कमाइले घरको नुन, तेल, चालमल, पिठो, दालको जोहो मिलाउन दमाई परिवारलाई धौधौ पर्छ । कमाई नभएका बेला भोक भोकै झोपडीमा पानी मात्रै पिएर बस्नु परेको पीडा उहाँसँग रहेको छ ।
दामोदरका बुवा बाजे दार्चुलाको बस्कोटमा फुसर्दको बेला निश्चित अन्न लिएर कपडा सिउने (खलो प्रथा) मा काम गर्नुहुन्थ्यो । आफ्नो स्वामित्वको जग्गा थिएन । त्यसले परिवारको गुजारा चल्न नसकेपछि दमाइका बुवा बाजेले गाउँका मुखियाको घरमा हलिया बसेर काम गर्नुभएको थियो ।
पहाडमा बसेर जीविका चलाउन गाह्रो हुन थालेपछि दामोदर बुवासँगै विसं २०३६ सालमा सहज जीविनयापनको खोजीमा तराई झर्नुभयो । “कञ्चनपुरका धेरै ठाउँमा बस्यौँ”, उहाँले भन्नुभयो, “कुनै ठाउँमा पनि स्थायीरूपले बस्न पाएनौँ, जहाँ बस्न खोज्थ्यौँ, त्यहाँबाट कतै वनको जग्गा त कतै दलित भनेर हटाइन्थ्यो ।” स्थायीरूपमा बस्नका लागि जग्गा खरिद गर्ने सामर्थ नहुँदा घुमन्तेरूपमा जीवन बिताउनुपर्ने बाध्यता रहेको उहाँ सुनाउनुहुन्छ ।
कमाई गर्ने एक मात्रै साधन हातले चलाउने सिलाई मेसिन मात्रै थियो । “मेसिनले कपडा सिउँदा आउने खलो (निश्चित अन्न)ले जीविका चल्थ्यो”, उहाँले भन्नुभयो, “जिउ ढाक्ने लुगाफाटो अरुसँग माग्नुपर्ने हुन्थ्यो ।” विसं २०६५को भदौमा हलिया मुक्तिको घोषणासँगै खलो प्रथाको पनि अन्त्य भयो । त्यसपछि हाते सिलाई गर्ने मेसिन चलाएर दमाई परिवारले जीविका चलाउँदै आएका थिए ।
राष्ट्रिय मुक्तहलिया समाज महासङ्घ नेपाल र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरको समन्वयमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आर्थिक सहयोगमा सञ्चालित ब्रीज परियोजनाअन्र्तगत दमाईले सिलाई गर्ने मेसिन पाउनुभएको छ । मेसिन पाएपछि घर खर्च चलाउन उहाँलाई केही सहज भएको छ । “आर्थिक अभावमा पहिला हातैले चलाउने सिलाई मेसिनले छिटो छरितो रूपमा काम चलाउन गाह्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “खुट्टाले चलाउने मेसिन पाएपछि काम गर्न छिटो छरितो त भएको छ, कपडा सिउने सीप पुरानो छ, युवाहरूले रुचाउने आधुनिक पहिरन बनाउनका लागि तालिमको आवश्यकता छ, त्यो पाएको छैन, मेसिन पाएर पनि सोचे जस्तो आम्दानी बढेको छैन ।”
दुई दशकसम्म हलिया बसेर कार्य गरे पनि मुक्त हलियाको लगतमा उहाँ समावेश हुनबाट छुटनु भएको छ । लगतमा समावेश नहुँदा उहाँले परिचयपत्र र पुनःस्थापनका प्याकेज पाउनुभएको छैन । पच्चिस वर्ष अघि बनाइएको झोपडीमा दमाई परिवार बस्दै आएको छ । “प्लाष्टिको कालो त्रिपाल र घाँसको छाना भएको कच्चि झोपडी बनाएको वर्षौं भइसक्यो”, उहाँले भन्नुभयो, “झोपडी ढल्ने अवस्थामा पुगेको छ, झोपडी ढले आश्रयस्थलको खोजिमा फेरी भौतारिनुपर्ने छ ।”
दमाईका चार छोरी र एक छोरा छन् । आवश्यक रकम जुटाउन नसक्दा टीकाटालो गरेर छोरीको विवाह गरी बिदाई गरेको नमिठो अनुभव उहाँसँग छ । “एक मात्रै छोरा, पढाएर ठुलो मान्छे बनाउने धोको नै थियो”, उहाँले भन्नुभयो, “पढाईका लागि आवश्यक रकम जुटाउन सकिन, बीचमै विद्यालय छुटाएर दुई महिना अघि कमाई गर्नका लागि भारत पठाएको छु ।” छोरालार्ई भारत पठाउनु रहर नभएर बाध्यता भएको उहाँले उल्लेख गर्नुभयो ।
सिलाईसँगै पहिला दामोदर पञ्चेबाजाअन्र्तगत पर्ने दमाहा बजाउने कार्य गर्नुहुन्थ्यो । त्यसबाट केही आम्दानी हुन्थ्यो । विवाहमा आधुनिक बैण्डबाजाको प्रयोग हुन थालेपछि बाजा बजाउने कार्य ओझेलमा परेको उहाँको भनाइ रहेको छ । “झोपडीको कुनामा दमाहा झुण्याएको वर्षौं भइसकेको छ”, उहाँले भन्नुभयो, “बजाउनका लागि माग आउँदैन, दमाहा बजाउने कुरा एकादेशको कथा जस्तै भएको छ ।” दसैँ आए पनि एक छाक खानका लागि अरुसँगै हात थाप्नुपर्ने अवस्था दमाई परिवारलार्ई रहेको छ । उहाँ भन्नुहुन्छ, “हाम्रा पीरमार्का मात्रै नसोध्नोस्, दुई छाक खाना सहजरूपमा खाने व्यवस्था, सुरक्षित आवासको व्यवस्थाका लागि पहल गरिदिनोस्, यहि मात्रै हाम्रो अनुरोध छ ।” रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने