
१पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
४समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
५संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
६‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
७लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
८बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
९आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१०अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
११राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१२राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
पोखरा, १० असार । पोखराको रामबजारस्थित एसओएस हरमन माइनर स्कुल गण्डकीमा त्रिदिवसीय कार्यक्रमसहित ३८ औँ अन्तर्राष्ट्रिय एसओएस दिवस मनाइएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमअन्तर्गत पहिलो दिन अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, दोस्रो दिन स्थलगत चित्रकला प्रतियोगिता तथा तेस्रो दिन विविध सांस्कृतिक कार्यक्रमसहित पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
वक्तृत्वकला प्रतियोगितामा पोखरा महानगरभित्रका १७ विद्यालयको सहभागिता रहेको थियो । ‘कृत्रिम बौद्धिकता: अभिशाप कि वरदान’ विषयक प्रतियोगितामा उपप्राध्यापकत्रय डा। पीताम्बर पौडेल, शिव त्रिपाठी र नारायणप्रसाद सापकोटाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा मदरल्यान्ड स्कुलकी स्रष्टा बराल प्रथम, एसओएस स्कुल गण्डकीकी अञ्जु अधिकारी द्वितीय, सेन्ट मेरिज स्कुलकी रिया गुरुङ तृतीय तथा गण्डकी बोर्डिङ स्कुलकी अनुजा गौतमले सान्त्वना स्थान हासिल गरे ।
विजयी प्रतियोगीलाई प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका अङ्ग्रेजी विभागका पूर्वप्रमुख घनबहादुर थापा, पोखरा विश्वविद्यालयकी वरिष्ठ प्रशासकीय अधिकृत टोलमाया थापा, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीप भक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
त्यस्तै दोस्रो दिनको स्थलगत चित्रकला प्रतियोगितामा पोखरा महानगरपालिकाभित्रका ३० ओटा विद्यालयहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा वरिष्ठ चित्रकारत्रय बुद्धिबहादुर गुरुङ, गोपाल श्रेष्ठ र लोकप्रसाद गुरुङले निर्णायकको भूमिका निर्वाह गरेका थिए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति एवम् वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सिर्जनशील कलाकार समूहका अध्यक्ष दलबहादुर गुरुङ, चित्रकार हेमकान्ती गुरुङलगायतका कलाकारहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा बेसलाइन एकेडेमीकी सोफिया रसाइँली प्रथम, एसओएस गण्डकीकी जेसिका श्रेष्ठ द्वितीय, रेन्बो एकेडेमी होम्सका आदर्श रोका तृतीय तथा कास्की मोर्डनाइज्ड एकेडेमीकी युना आले र सैनिक आवासीय महाविद्यालयकी एरिका केसीले सान्त्वना स्थान हासिल गरे । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने प्रतियोगीलाई नगद पुरस्कार प्रदान गरियो । यी सबै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि सरुभक्त श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदी तथा निर्णयकाहरूले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रमको तेस्रो दिन विविध सांस्कृतिक कार्यक्रमसहित पुरस्कार वितरण समारोह आयोजना गरियो । पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दीपप्रज्ज्वलन गरी एसओएसका संस्थापक डा। हर्मन माइनरको तस्बिरमा पुष्पार्पण गरियो । वरिष्ठ गायक राजभक्त जोजिजूको निर्देशनमा विद्यार्थीहरूले वाद्यवादनसहित राष्ट्रिय गान प्रस्तुत गरे । कार्यक्रममा विद्यार्थीहरूको नाट्यसमूहले दाइजो र बोक्सी प्रथामा आधारित जनचेतनामूलक नाटक पनि प्रस्तुत गरेका थिए ।
समारोहमा विद्यालयका सहप्राचार्य वीरसिंह बुढाले एसओएस हर्मन माइनरको जन्मदिनका उपलक्ष्यमा विद्यालयले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरूको आयोजना गरी उनको पुण्य कर्मलाई स्मरण गर्दै आइरहेको बताउँदै उपस्थित अतिथि, अभिभावक र विद्यार्थीलाई शब्द गुच्छाद्वारा स्वागत गरे । समारोहमा विद्यालयका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, पदक तथा पुरस्कारसमेत वितरण गरिएको थियो ।
समारोहमा एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीप भक्त आचार्यले अनाथ, असहाय र परित्यक्त बालबालिकाहरूको संरक्षण र शिक्षादीक्षासँगै एसओएसले राष्ट्रको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याएको बताए । बालग्रामका संस्थापक हर्मन माइनरको स्मरण गर्दै आचार्यले भने, ‘हर्मन माइनरको पवित्र सेवाभावका कारण आज विश्वमा लाखौँ बालबालिकाले आफ्नो भविष्य उज्ज्वल पार्ने अवसर पाइरहेका छन् ।’
सभाध्यक्षको आसनबाट बोल्दै विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले हर्मन माइनरले सुरु गरेको कल्याणकारी काम आज विश्वका १३७ राष्ट्रहरूमा फैलिन सफल भएको बताउँदै त्रिदिवसीय कार्यक्रम सफल पार्न आआफ्ना क्षेत्रबाट योगदान दिने सबैप्रति धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमको समापन समारोहमा पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियार, वडा नम्बर १५ का कार्यपालिका सदस्य बलराम पौडेल, एसओएस बालग्राम गण्डकी सामाजिक केन्द्र प्रमुख राजेन्द्र रेग्मी, एसओएस युवालय गण्डकीका प्रमुख बाबुराम बराल, विद्यालयका सहप्राचार्य प्रभास पौडेल, एसओएस बालग्रामकी आमा प्रतिनिधि पार्वती पाण्डे, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन गण्डकी ईकाइका अध्यक्ष मिलन खत्रीलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
समारोहमा विद्यालयका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरेका थिए । एसओएस बालग्रामले सन् १९८७ देखि आफ्नो संस्थाका संस्थापक हर्मन माइनरको जन्मदिन अर्थात् प्रत्येक वर्षको जुन २३ तारिखलाई एसओएस दिवसका रूपमा मनाउँदै आइरहेको छ ।


१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ