
१चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
२निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
३नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
४रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
५घट्यो बाल मृत्युदर
६२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
७‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
८कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
९पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
१०घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
११टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
१२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२महान्यायाधिवक्ताको विवादास्पद निर्णय
३आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
४पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
५घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
६नेपाली काँग्रेसको सभापतिमा गगन थापा
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
९सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
१०गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
११गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
१२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
पोखरा, ३१ जेठ । अमेरिकाको वासिङ्टन डीसी र क्यान्सस शहरमा आयोजना हुने युवा नेतृत्व कार्यक्रममा भाग लिन पोखराको मदरल्याण्ड माविका ४ विद्यार्थी त्यसतर्फ लागेका छन् । उनीहरुलाई बिहीबार गण्डकी प्रदेशकी प्रमुख सचिब लक्ष्मी कुमारी बस्नेतले अबिर र माला लगाएर विदाई गरेकी थिईन् ।
मदरल्याण्ड माविमा कक्षा १० मा अध्ययन कृपा बराल र एल्भिना बराल, कक्षा ११ व्यवस्थापनमा अध्ययरत सुबिज्ञा नेपाल र विज्ञान संकायमा अध्ययरत रबिना पौडेल जान लागेका हुन् ।
उनीहरु अमेरिकी दुतावास नेपालले सञ्चालन गरेको प्रतिष्पर्धामा उत्कृष्ट भई छनौट भएका थिए । नेपालभरबाट १६ जना छात्राहरु छनोट भएकोमा मदरल्याण्डबाट चारजना पर्न सफल भएका हुन् ।
विज्ञान, गणित, इन्जिनियरीङ र टेक्नोलोजीका बारेमा नेतृत्व सम्बन्धी तालिम लिने छन् । उनीहरुले महिलाको नेतृत्व, वातावरणीय विकास, खाद्य सुरक्षा, संस्कृतिका बारेमा समुदायमा बसेर सिक्ने छन् । उनीहरु नेपाल फर्किएपछि पनि आफ्नो परियोजना अनुसार समुदायमा नै काम गर्नेछन् ।
उनीहरुले २१ दिनसम्म अमेरिकामा रहेर अन्य देशका युवाहरूसँगै युवा नेतृत्व कार्यक्रममा सहभागिता जनाउने छन् । उनीहरु अमेरिकन सरकारको व्यवस्थापनमा देशकै प्रतिनिधित्व गरेर सहभागी जनाउन लागेका हुन् ।
विदाई कार्याक्रममा गण्डकी प्रदेशकी प्रमुख सचिब लक्ष्मी कुमारी बस्नेतले विद्यार्थीलाई पढाइ र सिकाई सँग-सँगै भए छिटो सिक्ने सक्ने बताईन् । उनले विद्यार्थीहरुले अमेरिकामा सिकेका कुरा विद्यालयमा आएर अन्य साथीहरुलाई पनि सिकाउँदा अझ फलदायी हुने बताईन् ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल नारायण बरालले विद्यालयले विद्यार्थीको चौतर्फीमा लागेको बताउदै त्यसै अनुसार नै विद्यार्थीहरु छनौट भएको बताए । उनले विद्यार्थीको सबै कुरामा विकासका लागि पढाईसँगैं खेलकुद, हाजिर जवाफ, अतिरिक्त क्रियाकलापहरु गराउँदैं आएको बताए ।