News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय

जापानमा पनि कोभिडका संक्रमितहरु बढ्दै

टोकियो । जापानमा पनि कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँका स्थानीय अधिकारी र सो मन्त्रालयले राजधानी टोकियोमा पछिल्लो समयमा यस भााइरसका संक्रमितहरु बढ्न थालेको जनाएका हुन् ।

जापानमा मंगलबार मात्र १ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । जापानको राष्ट्रिय टेलिभिजन एनएचकेका अनुसार यहाँ मंगलबार मात्र १ हजार २७९ जना संक्रमित थपिएका हुन् ।जापानमा मंगलबार १ हजार २७९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै अहिलेसम्म यहाँ कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १ लाखभन्दा बढी पुगेको बताइएको छ ।

यहाँ कोरोना भाइरसका संक्रमितहरुको संख्या १ लाख १० हजार ६१६ पुगेको जापानको स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्यांकहरुमा उल्लेख गरिएको छ ।जापानमा पुगेको सो तथ्यांक सन् २०२० को सुरुमा डायमण्ड प्रिन्सेस नामक पानी जहाजमा योकोहोमा रहेका ७१२ संक्रमितरु प्नि समावेश गरिएको छैन ।

जापानमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८६४ जना पुगेको छ । सो पानी जहाजका १३ सहित मृत्यु हुनेको संख्या त्यति पुगेको हो ।जापानमा मंगलबार मात्र पनि १५ जनाको यस संक्रमणबाबट ज्यान गएको बताइएको छ ।

जापानले विदेशीहरूका लागि अक्टोबर १ देखि प्रवेशमा सहज बनाएको छ । यद्यपि पर्यटक आवागमनलाई भने अझै अस्वीकार गरिएको छ ।

तर पनि पछिल्लो समयमा जापानमा कोभिड १९ का संक्रमितहरुको संख्या भने बढ्दो रहेको देखिएको छ । अधिकारीहरुले राजधानी टोकियो र बाहिर पनि यसको संक्रमण बढ्दै गएको बताएका छन् । रासस/सिन्ह्वा