
१पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
४समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
५संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
६‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
७लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
८बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
९आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१०अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
११राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१२राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
काठमाडौं, ३ माघ । सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरूबिचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेनन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभाग बिच सहकार्य सुरु भएको छ।
आज बुधबार एक कार्यक्रमका बिच सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्माको उपस्थितिमा डिजिटल इम्पावरमेनन्ट सोसाइटी (डिईएस) का अध्यक्ष राजेन्द्र प्रसाद अर्याल र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रीय विभागका विभागीय प्रमुख सविन सायमीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
उक्त समझदारीअनुसार दुवै संस्थाहरूले शैक्षिक र कौशल (Education and skills) बिचको असमानताका समस्या केन्द्रित रहेर सहकार्य गर्नेछन्।
कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री शर्माले काम गर्दै पढ्दै भन्ने सरकारको नीति अनुसार उत्पादन हुने सबै विद्यार्थीहरूलाई रोजगारी सुनिश्चित गर्न सकिने बताइन्।
“आईटीको नयाँ विषयहरूलाई समावेश गर्दै सूचना प्रविधिको प्रयोग नहुने क्षेत्रमा गुणात्मक परिवर्तन हुन सक्दैन। आईटी सेक्टरमा हामी छिमेकी देशसहित विश्वभर प्रतिस्पर्धा गर्न सक्छौँ। र त्यो सम्भव छ भन्ने देखिएको छ।” मन्त्री शर्माले भनिन्।
हाम्रा सरकारी विद्यालय र विश्वविद्यालयहरूबाट आईटी पढेका विद्यार्थीहरूलाई कसरी रोजगारमा लगाउने कसरी बजारमा बिकाउने भन्ने चिन्तालाई समाधान गर्न यसले सहयोग गर्ने मन्त्रीको धारणा छ।
“नेपालमा पढाई हुने सबै विषयबाट उत्पादन हुने विद्यार्थीहरू सबैलाई प्राक्टिकल गराउन सक्नुपर्छ। अहिले विदेशमा जाने युवाहरूको ताँती छ त्यसलाई रोक्न पनि आईटी विषय महत्त्वपूर्ण हुनसक्छ।” उनले भनिन्।
यसै गरी, त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा शिवलाल भुसालले बजारमा के भइरहेको छ भन्ने विषयलाई शैक्षिक क्षेत्रमा सँगसँगै लैजान यसले सहयोग पुग्ने बताए। उनले भने, “मार्केट र शैक्षिक संस्थाबिच सम्बन्ध बिस्तार गर्न सहयोगी हुनेछ। यसले आईटी पढेर पनि बजारमा उपयोग गर्न नपाई रहेको बेलामा विद्यार्थीहरूलाई सहयोग गर्नेछ। बढी भन्दा बढी विद्यार्थीहरू सहभागी गर्न सकियोस्।”
कार्यक्रममा बोल्दै डिईएसका अध्यक्ष राजेन्द्र प्रसाद अर्यालले सूचना प्रविधि क्षेत्रमा शैक्षिक र औद्योगिक कार्यहरूका बिचमा देखिएको भिन्नतालाई हटाउन प्रयास गरिने बताए।
“हाल हाम्रा आईसीटी शैक्षिक कार्यहरु र आईटी उद्योगबिच निकै भिन्नता र फरकपना देखियो । यी दुवै एक आपसमा सहकार्य गरेर नेपालको सूचना प्रविधि क्षेत्रलाई अगाडि बढाउनुपर्ने हुँदा यो समझदारीले शैक्षिक संस्थाहरूलाई आफ्ना उत्पादनहरूलाई दक्ष र बजारमा बिक्ने बनाउन मद्दत गर्नेछ।” डिईएसका अध्यक्ष अर्यालले भने।
यसै गरी त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभागका डिन डा बिनिल अर्यालले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने र देशभित्र खपत गर्न सकिने बारेमा समझदारी पहिलो पाइला भएको बताए।
“अहिले नेपालमा आईटी क्षेत्रमा पनि जनशक्तिको अभाव देखिएको छ। एकातर्फ शैक्षिक जनशक्ति दक्ष नहुनु र अर्कोतर्फ उद्योगमा जनशक्ति अभाव हुनुले समस्या भएको हो। यसलाई न्यूनीकरण गर्न सबैले मिलेर जानुपर्छ।” त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रीय विभागका विभागीय प्रमुख सायमीले भने।
कार्यक्रममा ग्लोबल डिईएसका प्रमुख समिर थापाले यो सहकार्यको बारेमा प्रस्तुति दिएका थिए। उनले शिक्षा र सिपमा किन भिन्नता छ भन्ने बारेमा जानकारी दिएका थिए। यसका साथै नेपालको आईटीलगायतका शैक्षिक सिलेबस अपडेट नहुनु र ढिलो अपडेट हुँदा विश्वस्तको सिप र क्षमतामा पहुँच नभएको बताए। उनले यसलाई परिमार्जन गरेर विश्व बजार अनुकूल सिलेबस तयार पार्ने र त्यसलाई नियमित परिमार्जन गर्न सुझाव समेत दिए।
कार्यक्रममा सुनिल पाण्डेले कार्यक्रमको उद्देश्य र यसले दिने अवसरहरूको बारेमा आफ्ना धारणा राखेका थिए। कार्यक्रम बालकृष्ण सुवेदीले सञ्चालन गरेका थिए ।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ