
१पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दा पर्यटनमन्त्री गनेस पौडेलको ‘अवैध’ घर जोगिएला त ?
२समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
३संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
४‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
५लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
६बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
७आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
८अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
९राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१०राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
११फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
१२सुकुको हत्यामा जन्मकैद भएका सञ्जय जेनजी आन्दोलनमा जेलबाट भागेर नवलपुरमा लिए जिउनरामको ज्यान
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
पोखरा, १३ मंसिर । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ । मेला मंसिर २१ देखि पुस १ गतेसम्म पोखराको नयाँबजारमा आयोजना हुँदैछ ।
लक्ष्मी हाउसको समृद्धि स्टिल्स मेलाको मुख्य प्रायोजक रहेकोमा पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले मेलाको प्रवद्र्धन गर्ने जिम्मेवारी लिएको संघले जानकारी दिएको छ ।
‘लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजना हुने मेला उद्यमशीलता विकासमा समर्पित रहेको आयोजक संस्थाका अध्यक्ष पवनकुमार प्रजापतिले बताए ।
अध्यक्ष प्रजापतिले भने–‘मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा उत्पादित हस्तकला, बास्तुकला, कृषिजन्य उत्पादनको बिक्री र प्रदर्शनका अलवा, नयाँ औद्योगिक उत्पादनहरु, अटो प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिएको छ ।’
‘उत्पादक र उपभोक्तालाई एउटै मञ्चमा ल्याउनु तथा सुस्ताएको बजार चलायमान बनाउनु मेलाको अर्को उद्देश्य रहेको छ,’ अध्यक्ष प्रजापतिले भने–‘मेलाको प्रवेशमा टिकटको व्यवस्था गरिएको र प्रत्येक टिकट बिक्रीबाट प्राप्त हुने १० रुपैयाँ जाजरकोट भूकम्पपीडितको लागि प्रदान गरिने छ ।’
संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले मेलामा देशका विभिन्न प्रतिष्ठिन घराना र उत्पादनहरु जोडिएको र जोडिने क्रम जारी रहेको बताए । संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यले मेलाको स्टल निर्माण सुरु भएको जानकारी दिँदै यसपटक स्टलको साजसज्जालाई विशेष ध्यान दिइएको जानकारी दिए ।
संघका महासचिव बलराम आचार्यले मेला सम्पन्न गर्न गठित विभिन्न उपसमितिहरु सक्रियतापूर्वक आफ्नो काममा लागेको बताउँदै मंगलबारमात्रै बस्तुगत संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसँग बैठक सम्पन्न गरिएको बताएका छन् ।
सो बैठकमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीकी महिला उपसमिति संयोजक रामकली खड्काले मेलामा महिलाहरुलाई बढीभन्दा बढी सहभागी गराउनुपर्ने बताइन् । उनले महिलाहरुद्धारा उत्पादित बस्तुहरुको प्रदर्शन र बिक्रीमा ध्यान दिन पोउवा संघसँग आग्रह पनि गरिन् ।
बैठकमा पोखरा प्लाष्टिक व्यवसायी समितिका अध्यक्ष ऋषिराम शर्मा र सचिव परशुराम तिवारी, पृथ्वी होटल व्यवसायी संघका सचिव कृष्ण पौडेल र नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समितिका अध्यक्ष कविन्द्रप्रसाद पोखरेललगायतले पोउवा संघले आयोजना गरेको मेलालाई सफल बनाउन हरसम्भव सघाउने प्रतिवद्धता जनाएका थिए ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म