News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

नेपाली भाषाको श्रीबृद्धिमा योगदान दिने तिमिल्सिनालाई मदरल्याण्डको सम्मान

पोखरा, ९ साउन । नेपाली भाषाको श्रीबृद्धिमा योगदान दिएका गंगाधर तिमिल्सिना पोखरामा सोमबार सम्मानित भएका छन् ।

लामो समयसम्म शिक्षण पेशामा रहि नेपाली भाषा शिक्षण मार्फत् विद्यार्थीहरुमा नेपाली विषयका भाषिक ज्ञानलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिनु भएका गुरु तिमिल्सिनालाई पोखराको मदरल्याण्ड माध्यामिक विद्यालयले तिमिल्सिनालाई सम्मान गरेको हो ।

शिक्षण पेशाबाट निवृत्त भए पछि पनि तिमिल्सिनाले लेखन कार्य मार्फत नेपाली भाषाको गरिमा प्रर्बद्धनका लागि पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै, विद्यालयले नगद १० हजार १ सय ११ रुपैयाँ र सम्मानपत्रले तिमिल्सिनालाई सम्मान गरेको हो ।

वरिष्ठ साहित्यकार सरुभक्त, साहित्यकार सरस्वती श्रेष्ठ, मदरल्याण्ड माध्यामिक विद्यालयका निर्देशक डा त्रिभुवन शर्मा, प्राचार्य नारायण बराल लगायतले तिमिल्सिनालाई माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

बिक्रम संवत १९९९ सालको पुसमा पोखरा महानगरपालिका वडा नं. २३ चैनपुरमा जन्मनु भएका तिमिल्सिना चार दशक शिक्षण पेशामा रहि महत्वपूर्ण योगदान दिनु भएको थियो । उहाँले २१ वर्ष पोखरा महानगरपालिका वडा नं. ५ को वाराही माध्यमिक विद्यालयमा प्राचार्यको भूमिकामा रहेर विद्यालयको शैक्षिक तथा पूर्वाधारको गुणस्तमा बृद्धि तथा बिकासमा महत्वपूर्ण योगदान दिनु भएको थियो ।
साथै उहाँ पोखरा महानगरकै वडा नंं १ बगरमा रहेको विन्ध्यवासिनी संस्कृत विद्यापिठको संस्थापक प्रार्चाय समेत रहनु भएको थियो ।