News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

नेवाः पत्रकार पुचः कास्कीको अध्यक्षमा अनिशा

पोखरा, ६ साउन । नेवाः पत्रकार पुचः कास्कीको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । नेवाः खलः कास्की नेवाः छेंको सभाहलमा भएको अधिवेशनबाट अनिशा श्रेष्ठ अध्यक्ष पदमा चयन भएकी हुन् । उनी सिटी वान टेलिभिजनमा कार्यरत रहेकी छन् ।

त्यसैगरी उपाध्यक्षमा गणेश श्रेष्ठ, महासचिवमा सुशिल श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सचिवमा पदम श्रेष्ठ र सदस्यहरुमा सुरज श्रेष्ठ, सञ्जय शाक्य अल्चना श्रेष्ठ र अभिनन्दन बजिमया रहेका छन्। उनीहरुलाई भेलाले सर्वसम्मत चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष अनिशा श्रेष्ठले कार्यक्रममा बोल्दै आफुले बोलेर भन्दापनि काम गरेर देखाउने बताउँदै, टिम राम्रो भएको हुँदा नेवाः संस्कृति र परम्परालाई संरक्षण र प्रचार प्रसार मुल उदेश्य राखेर काम गर्ने बताएकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, नेपाल पत्रकार महासंघ गण्डकीका महसचिव गोविन्द सुवेदी, पत्रकार दीपेन्द्र श्रेष्ठ, नेवाःल्याम्ह पुचः कास्कीको अध्यक्ष मधुसुदन जोशी, नेवाः मिस पुचः कास्कीको अध्यक्ष संगीता बज्राचार्य, आदिवासी जनजाति पत्रकार संघ कास्कीका अध्यक्ष दिल गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त अधिवेशनको प्रथम सत्र नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष सञ्जय मल्लको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सन्देश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव अनिशा श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।