
१२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
२गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
३कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
४उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
५अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
६५३ मृतकका परिवारलाई ८ करोड राहत
७मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
८प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
९निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
१०चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
११निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
१२‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
८प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
९इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१२पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
बागलुङ । इजरायलमा स्याहारसुसार (केयर गिभर) का रूपमा काम गर्दागर्दै जुनुमाया घर्तीमगरलाई थाइराइडले सतायो । शल्यक्रियाले थाइराइड केही थामिएपछि उहाँले नेपाल फर्कने निर्णय लिनुभयो । नौ वर्ष प्रवासमा बिताएर घर्तीमगर घर फर्कनुभयो ।
यहाँ आएपछि थाइराइड फेरि बल्झियो । काठमाडौँको ह्याम्स अस्पतालमा पुनः शल्यक्रिया भयो । स्वास्थ्यले साथ नदिएपछि ४० वर्षीय घर्तीमगरले वैदेशिक रोजगारीबाट हात धुनुपर्यो । अढाइ वर्षअघि नेपाल फर्कनुभएकी उहाँले त्यसयता विदेशको मोहसमेत त्याग्नुभयो ।
थाइराइड निको भएपछि उहाँमा सीप सिकेर गाउँमै उद्यम गर्ने सोच पलायो । तमानखोला गाउँपालिका–३ की घर्तीमगरसहित छिमेकका महिला मिलेर ढाका बुनाइको तालिम लिने योजना बनाए । त्यसको अगुवाइ उहाँले नै गर्नुभयो । घरेलु तथा साना उद्योग कार्यालय बागलुङको सहयोगमा सङ्गम म्याग्दीले तालिम दियो ।
पन्ध्र दिनको तालिमबाट तमान गाउँका २० महिलाले ढाकाको कपडा बुन्ने सीप सिके । “सीप जानेपछि आयआर्जनमा लाग्नुपर्छ भनेर गत वर्षदेखि कपडा बुन्न थालेका हौँ”, घर्तीमगरले भन्नुभयो, “यसलाई ढाका कपडा उद्योगकै रूपमा चलाउने योजना छ ।”
अहिले ११ वटा तान राखेर महिलाहरुले ढाका बुनिरहेका छन् । कल्याण आमा समूहको भवनमा छिर्दा लहरै तानमा महिलाहरु सीप चलाइरहेका देखिन्छन् । कोही तयार भएका कपडा मिलाइरहेका भेटिन्छन्, कोही एकार्कालाई सघाउँदै ।
ढाका बुन्ने सबै महिला सोही आमा समूहमा आबद्ध छन् । बीस जनाले तालिम लिए पनि १४ जनाले मात्र ढाका बुनाइलाई पेशाको रूपमा अँगालेको समूहका अध्यक्ष तनिमा घर्तीमगरले बताउनुभयो । “गाउँका दिदीबहिनीहरु स्वरोजगार बन्न खोज्दै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “वडा, गाउँपालिकाजस्ता निकायले पनि सघाउनुपर्छ ।”
उद्यमी नीलमाया घर्तीमगरले ढाका बुन्नका लागि तानलगायत उपकरण खरिद र व्यवस्थापनमा व्यक्तिगत लगानी परेको सुनाउनुभयो । “एक जनाको रु ५० हजारजति खर्च भएको छ, अहिलेसम्म कतैबाट पनि सहयोग आएको छैन”, उहाँले भन्नुभयो । ढाकाबाट सल, झोला, टोपी, खादा, इस्टकोटलगायतका कपडा तयार हुने गरेको नीलमायाले बताउनुभयो ।
अहिले उत्पादन भइरहेका कपडा गाउँमै खपत भएको उद्यमी बताउँछन् । ढाकाको कपडा बुन्न समय र मेहनत धेरै लाग्ने भएकाले सोहीअनुसार बजारको सुनिश्चितता गर्नु चुनौतीपूर्ण छ । एउट सलको न्यूनतम रु ७०० देखि दुई हजार ५०० सम्म भाउ तोकिएको छ । कपडाको आकार र डिजाइनअनुसार भाउ तलमाथि हुन्छ ।
कोभिड–१९ का कारण कपडाको बिक्रीमा असर पुगेको उद्यमी जुनुमायाले बताउनुभयो । ढाका बुन्न चाहिने ऊनीको धागो समयमै ल्याउन पनि समस्या भइरहेको छ । कहिले काठमाडौँ त कहिले बुर्तिबाङ बजारबाट धागो आउँछ । उद्यम शुरु गरेको भर्खर एक वर्ष भएकाले नाफाको लेखाजोखा गर्न महिलाहरुले भ्याइसकेका छैनन् ।
तालिमलगायतका व्यवस्थापकीय खर्च भने उठेको जुनुमायाको भनाइ छ । “उत्पादन बढ्दै जाँदा बजार पनि व्यवस्थापन भयो भने राम्रो कमाइ हुन्छ”, उहाँले भन्नुभयो, “घरधन्दा भ्याएर फुर्सदको समय यसमा लगाउन पाउँदा हामी खुसी छौँ ।” शुरुको उत्पादन गाउँबाटै बिक्री भए पनि पछिलाई बजार चाहिने जुनुमायाले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाले गत वर्ष समूहको भवनमा लगानी भएको बताउँदै यो वर्ष उद्यम विकासमा महिलाहरुलाई यथोचित सहयोग गरिने बताउनुभयो । “ढाकाको बिक्री कक्ष निर्माण हुन्छ या अरु नै माध्यमबाट भए पनि बजार व्यवस्थापनमा हामी सघाउँछौँ”, उहाँले भन्नुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी