
१पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
४समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
५संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
६‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
७लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
८बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
९आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१०अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
११राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१२राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
१२पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
गोपालप्रसाद बराल, महोत्तरी, १ साउन । महोत्तरीको भङ्गाहा–४ पलारकी सियानकीदेवी बाँतरको रेल चढ्ने रहर पूरा भएको छ । सोमबार बिहानै भङ्गाहा–५ स्थित रेलस्टेसनबाट उहाँ रेल चढ्नुभयो । “हमरा सैद्खन रेल चलके इञ्तिजार छल, आव पूरा भेल (मलाई सर्धँै रेल कहिले चल्ला भन्ने पखाई थियो, अब पूरा भयो)”, भङ्गाहा स्टेसनबाट रेल जनकपुरतर्फ गुडेपछि खुसी साँट्दै बाँतरले भन्नुभयो, “आब चल्ली जनकपुर ! घुइमफिरक सझुका रेलस घर चैल आयब (अब हिँडे जनकपुर ! घुमफिर गरेर साँझ रेल चढेरै घर फर्कौँला)।”
विसं २०५९ को बर्खे भेलले बिग्ही नदीको पुल भाँसिएपछि रेल सेवा बन्द भएको थियो । त्यसपछि बाँतरको जनकपुर आवतजावत पातलिएको थियो । आफ्नो ठाउँमा २१ वर्षपछि रेल चलेपछि बाँतरजस्तै भङ्गाहा–४ कै रामनगर बस्तीकी हेमकुमारी सदा पनि दङग हुनुहुन्छ ।
“आब त बजार कर आ सब मेलामें जनकपुर सहजे जासकैछि (अब त बजार काम र जुनसुकै मेला हेर्न सजिलै जनकपुर जान सकिन्छ)”, रेल चल्दा खुसी हुनुभएकी सदाले भन्नुभयो ।
आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपाल रेल्वे कम्पनीको जयनगर–बर्दिबास रेल्वेको भङ्गाहा–कुर्था खण्डको थप १७ किलोमिटर दूरीको सेवा विस्तारको उद्घाटन गर्नुभएपछि सोमबारदेखि नियमित रेल सेवा सुरु भएको हो । रेल सेवा सञ्चालनमा आएपछि यहाँका बासिन्दामा खुसीयाली छाएको छ ।
आफू सानो छँदा आमाले रेलमा चढाएर जनकपुर घुम्न लैजानुभएको सम्झदै भङगाहा–४ रामनगरकै ३० वर्षीय रामईश्वर ठाकुर भन्नुहुन्छ, “रेल चढ्न फेरि पायौंँ, अब जनकपुरदेखि भारतको जयनगरसित सिधा सम्पर्कमा जोडिएका छौँ ।”
विसं २०५९ अघि भङ्गाहाको यसै ठाउँमा अवस्थित स्टेसनलाई विजलपुरा भनिन्थ्यो । यहाँबाट दैनिक जनकपुर हुँदै जयनगरसम्म रेल सेवा सञ्चालनमा थियो । बर्खेभेलले बिग्ही नदीको पुल भाँसिएपछि रेल सेवा बन्द हुनपुगेको थियो । त्यतिखेर कोइला/दाउराले इञ्जिनको सानो लिकमा चल्ने रेलको ठाउँमा अब ब्रोडगेज (ठूलो लिक) र डिजलबाट चल्ने भएको छ । इञ्जिन र डब्बा (बोगी) टलक्क टल्कने रेल चढेर स्थानीयवासी पहिलो दिन नै रामजानकी दर्शन गर्न जनकपुर प्रस्थान गरेका थिए ।
रेल सेवा विस्तार भई अब जयनगर–बर्दिबासम्म चल्ने भएको छ । यसका तीन खण्डमध्ये पहिलो खण्ड (कुर्था–जयनगर) को ३५ किमी दुरीमा यसअघि नै सेवा सञ्चालन भइसकेको छ । सोमबार सेवा विस्तार भएको दोस्रो खण्ड (भङ्गाहा–कुर्था) को दूरी १७ किमी छ । तेस्रो खण्ड (भङ्गाहा–बर्दिबास) को १८ किमी दूरीमा भने लिक र अन्य पूर्वाधार निर्माणको काम नथालिँदा यस खण्डमा कहिले रेल चल्ने भन्नेबारे अन्यौल छ । तेस्रो खण्डमा जग्गा मुआब्जा विवाद लम्बिँदा निर्माणमा ढिलाइ भएको छ । किसानले मुआब्जा लिइसकेकाले निर्माण कम्पनीसँग काम अघि बढाउन समन्वय भइरहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिनुभयो ।
“भङ्गाहा–कुर्था खण्डमा सेवा विस्तार भएपछि अब रेल ५२ किमीमा नियमित चल्ने भएको छ”, उहाँ भन्नुहुन्छ, “अब चाँडै तेस्रो खण्डमा काम अघि बढ्ने छ ।” भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१४ देखि काम सुरु भएको हो । बर्दिबास (महोत्तरी)–जनकपुरधाम (धनुषा)–जयनगर (भारत) सम्मको ६९ किलोमिटर दुरीमध्ये अब ५२ किमीमा रेल चल्न थालेको छ ।
रेल सेवा सञ्चालनका तिथिमिति पटक पटक तोकिए पछि रेल नचलेपछि महोत्तरीको भङ्गाहा, पशुपतिनगर, प्रेमनगर, लोहारपट्टी, सिङ्ग्याही, धमौरा, हरिनमरी, हतिसर्वा, मेघनाथगोरहन्ना, बलवासहितका बासिन्दा तथा धनुषाको खोरिया सीतापुर, धुमासान, भूचक्रपुर र कात्तिककुमारसम्मका बासिन्दा निरास भएका थिए । “अब रेल नियमित बढ्न पाइने आशा छ,” धनुषाको खोरिया सीतापुरकी कौशल्या कापरले खुसी हुँदै भन्नुभयो ।
“कि कहुँ, पोरे साल रेल चलके वात छल, मुदा ओहिना हल्लेमे सिमटागेल (के भनौँ, परार नै रेल चल्ने कुरा थियो, तर कुरैमा मात्रै सिमित रह्यो)”, उहाँले भन्नुभयो– “अब सबै पीर हट्यो, सागसब्जी र दूध सजिलै जनकपुरहुँदै जयनगर बिक्री गर्न सकिने भयो ।” रेल सञ्चालनसँगै व्यापार व्यवसायमा पनि टेवा पुग्ने यहाँका बासिन्दा बताउँछन् ।
अहिले दैनिक एकपटक साँझ भङ्गाहा आउने र बिहान ७.३० बजे रेल छुट्ने व्यवस्था मिलाइएको महाप्रबन्धक झाको भनाइ छ । पछिल्लो पटक २०७८ चैत १९ गते प्रथम खण्ड (कुर्था–जयनगर) मा सञ्चालनमा आएको रेल सेवा गत मङ्सिरको विवाहपञ्चमीदेखि दुईपटक गरिएको थियो । सो खण्डको सेवा आजदेखि तीन पटक गरिएको कम्पनीले जनाएको छ ।
सन् २०१० मा नेपाल र भारतबीच भएको सम्झौताअनुरुप भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोग (सम्झौताका बेला उल्लेखित रकम पछि समय लम्बिँदै जाँदा रु १२ अर्ब पुगेको) मा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा सुरु भएको हो । निर्माणको काम भारतीय कम्पनी ‘इरकन’ले गर्दै आएको छ ।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ