
१पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
३फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
४कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
५गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
६भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
७पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
८बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२तिब्बतर्फ ताल पुन: फुट्यो
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
वासुदेव पौडेल, गण्डकी, २९ असार । सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो सङ्ख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किलोमिटर क्षेत्र वनजङ्गलले ढाकिएको छ ।
जुनसुकै मौसमममा जुनसुकै उमेर समूहका व्यक्तिले पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट धवलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ नै वनजङ्गल, चराचुरुङ्गी आदिको अवलोकनले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको छ ।
पदयात्रासँगै यस क्षेत्रमा चरा पर्यटनलाई पनि सँगसँगै अघि बढाउने लक्ष्यका साथ विभिन्न गतिविधि अघि बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुभयो । समितिले यसअघि पोखरा पक्षी समाजसँगको सहकार्यमा यस क्षेत्रमा पाइने चराको गणना गरिसकेको उहाँले जानकारी दिनुभयो । “पदमार्ग क्षेत्रलाई चरा पर्यटनको पनि आकर्षक गन्तव्य बनाउने लक्ष्यका साथ यहाँ पाइने सबै चरालाई हामीले पुस्तकमा समेट्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “पुस्तकमा समेटिएसँगै यस क्षेत्रमा पदयात्रा गर्न आउने वा चराहरूकै अध्ययन अवलोकनका लागि आउने पर्यटकका लागि थप उपयोगी बन्ने हाम्रो विश्वास छ ।”
नेपालमा मात्रै पाइने चरा काँडे भ्याकुर पदमार्ग क्षेत्रका अधिकांश स्थानमा पाइने पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो । स्थलगत अध्ययनअनुसार पदमार्ग क्षेत्रको तनहुँको प्रसिद्ध ढोरबाराही मन्दिरबाट रजस्थलसम्म ठूलो सङ्ख्यामा काँडे भ्याकुर भेटिएका छन् । त्यस्तै पदमार्ग क्षेत्रकै कोल्माबाट भैसेगौँडा, बुढाकोट तलतिरको भागलगायतका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा काँडे भ्याकुर पाइएका छन् ।
अध्ययनबाट पदमार्ग क्षेत्रमा एक सय ३७ प्रजातिका चरा फेला परिसकेको र थप अध्ययन अनुसन्धानबाट अन्य केही प्रजाति अझै थपिने देखिएको अध्यक्ष घिमिरेले बताउनुभयो । स्थलगत अनुसन्धानसँगै यस पदमार्ग क्षेत्रलाई चरा अध्ययन केन्द्रका रूपमा विकास गर्न सकिने प्रारम्भिक निष्कर्ष निकालिएको छ ।
यस क्षेत्रमा काँडे भ्याकुरसँगै अन्य अति सङ्कटमा परेका केही चरा पनि पाइएको उहाँले बताउनुभयो । संरक्षणको सूचीमा रहेको लुँइचे, मांसाहारी प्रजातिका विभिन्न चरा यहाँ भेटिएका छन् । सुन गिद्ध, डङ्गर गिद्ध, सेतो गिद्धलगायत गिद्धका साथै कोला चित्रा, आसकोटे बकुल्ला, वस्तु बकुल्ला पाइएको छ । त्यस्तै पौरी बाज, बौडाइ, कालो चिल, काकाकुल, शिक्रा, वनबाज, मोर¬ङ्गी चिल, सिम कुखुरा, मलेवा, तामे ढुकुर, कुर्ले ढुकुर, पहाडी हलसो, चित्रकुट, कन्टे सुगा, मधुवा आदि चरा पर्यटकले देख्न सक्दछन् ।
ढोडे गोकुल, हरित मालकौवा, बिउकुहियो, लेकाली उलुक, कटुसटाउेक मुरलीचरा, कुथुर्के, काष्ठकुट, सुनजुरे काठफोर, लटुुशक विरहीचरी, सानो तामे लाहाँचे, आली चुइयाँ, कोटेरो मुनियाँ, पिराजा बुङ्गेलगायत प्रजातिका चराले पनि यस पदमार्गको गरिमा अझै बढाएको छ । संरक्षणका क्षेत्रमा क्रियाशील प्रकृतिका साथीहरूको आयोजनामा सहस्राब्दी पदमार्गको राङ्भाङ भैँसेगौँडामा दुई वर्षअघि लाटोकोसेरो तथा हुचिल उत्सव पनि सम्पन्न गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताउनुभयो ।
“हामी मिलेनियम ट्रेकलाई पदयात्राका लागि मात्रै नभएर चरा पर्यटनको पनि गन्तव्य बनाउन चाहन्छौँ”, उहाँले भन्नुभयो, “पदयात्रासँगै चराको अवलोकन गर्न आउने पर्यटकलाई लक्षित गरी पदयात्रा मार्गका विभिन्न स्थानमा घरबास सञ्चालनमा आइसकेका छन् ।”
पछिल्ला वर्षमा प्रकृतिका साथीहरू संस्थाकै आयोजनामा उक्त क्षेत्रमा वार्षिकरूपमा विद्यार्थीलाई वन्यजन्तु अनुसन्धान विधि विषयक तालिमसमेत प्रदान गर्ने गरिएको निर्देशक राजु आचार्यले जानकारी दिनुभयो । देशभरबाट सहभागी हुने विद्यार्थीलाई १९ दिने वन्यजन्तु अनुसन्धान विधि विषयक तालिम दिइने उल्लेख गर्दै उहाँले सो क्रममा त्यहाँ पाइने चरा, वन्यजन्तु, पुतली आदिबारे जानकारी एवं अध्ययन–अनुसन्धान गराइने जानकारी दिनुभयो ।
शान्तस्थल, पर्याप्त वनजङ्गल आदिका कारण पनि यस क्षेत्रमा धेरै प्रजातिका चरा पाइने स्थानीयवासी बताउँछन् । पछिल्ला समयमा पोखरा र आसपासका क्षेत्र चराको अध्ययन अवलोकनका लागि स्वदेशी एवं विदेशी पर्यटक आउने थालेका कारण मिलेनियम ट्रेकमा चरा पर्यटनको विकास गर्ने पर्याप्त सम्भावना रहेको गुरुङले बताउनुभयो । नेपालमा भित्रने विदेशी पर्यटकमध्ये आठ प्रतिशत पर्यटक चरा हेर्नकै लागि आउने गरेको अध्ययनले देखाएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार