
१पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
३फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
४कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
५गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
६भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
७पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
८बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२तिब्बतर्फ ताल पुन: फुट्यो
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
दमौली, २५ असार । केही दिन यता डिभिजन वन कार्यालय तनहुँमा सर्वसाधारणको भीडभाड छ । कार्यालयले बिहीबारदेखि निःशुल्करुपमा बिरुवा वितरण गर्न सुरु गरेपछि हरेक दिन कार्यालयमा बिरुवा लिनका सर्वसाधारणको भीडभाड बढेको हो ।
बिहीबार, शुक्रबार र आइतबार कार्यालय परिसरमा नाम दर्ता गराउँदै सर्वसाधारण मागअनुसारको बिरुवा लगिरहेका छन् । शुक्लागण्डकीदेखि आइपुग्नुभएका खानेपानीका कर्मचारी बालकुमार वाग्लेले खैरेनीटार खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण गर्न बिरुवा लगेको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालयले बिरुवा बाँड्ने सूचना गरेपछि बिहानै आएर बिरुवा लगेँ, कार्यालयबाट प्राप्त बिरुवा खानेपानीको मुहान संरक्षणका लागि वृक्षरोपण गर्छांै ।”
व्यास नगरपालिका–९ का बडहरेका सुरेश आचार्यले बाख्राका लागि डाले घाँस लिन आएको बताउनुभयो । आचार्यले केही समयदेखि बाख्रापालन गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “डाले घाँस लगेर आफ्नै बारीमा रोप्छु ।” कार्यालयले प्रत्येक वर्षझै यस वर्ष निःशुल्करुपमा बिरुवा वितरण सुरु गरेको डिभिजन वन अधिकृत कोमलराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार एक लाख आठ हजार बिरुवा निःशुल्क वितरण गरिँदैछ । बिरुवा लिनका लागि सर्वसाधारणको उल्लेख्य सहभागिता रहेकाले केही दिनमै सबै बिरुवा वितरण गरेर सकिने उहाँको भनाइ छ ।
कार्यालयमा विशेष गरी डाले घाँस र सौन्दर्यवद्र्धक बिरुवा लिन आउने सर्वसाधारण बढी रहेको उहाँले बताउनुभयो । बिरुवा लैजानेको ठेगाना र सम्पर्क नम्बर प्रविष्ट गरेपछि मात्रै बिरुवा वितरण गरिएको छ । यसले गर्दा बिरुवाको संरक्षण भएको छ की छैन भन्ने अनुगमन गर्न सजिलो हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बिरुवा लगेर मात्र हुँदैन, यसको संरक्षण मुख्य कुरा भएकाले यो विषयमा बिरुवा लैजानेलाई प्रष्ट भनेका छौ ।”
डिभिजन वन कार्यालयको नर्सरीमा मात्रै ७० हजार बिरुवा उत्पादन भएको छ । जिल्लाका विभिन्न स्थानबाट बिरुवा लिनका लागि कृषक कार्यालयमा आउँछन् । पशुपालनमा सक्रिय कृषक डाले घाँसका लागि बिरुवा लिन आउने गरेको सहायक वन अधिकृत काशीराज पण्डितले बताउनुभयो । कार्यालयको नर्सरीसहित सव डिभिजन ऋषिङ, विमलनगर, शुक्लागण्डकी र ब्यासमा बिरुवा उत्पादन हुन्छ ।
कार्यालयबाट तेजपात, बेल, टिमुर, अशोका, कमपुर, म्याङ्गो स्टिक, अम्बा, सीपलिगान, राजवृक्ष, पारिजात, शीतलचिनी, बडहर, इपिल, लप्सी, अमला, चाप, निमारो, कटहरे, जामुन, कल्की, हर्रो, बर्रो, सिरिष प्रजातिका बिरुवा वितरण गरिनेछ ।
कार्यालयले जिल्लाका विभिन्न सामुदायिक तथा निजी वनमा वृक्षरोपणका लागि समेत बिरुवा वितरण गर्ने गरेको छ । जिल्लालाई हरियाली बनाउन र वन हराभरा बनाउन बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडि बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ ।
तनहुँ बिरुवा उत्पादनको हबको रुपमा विकास भइरहेको छ । गण्डकी प्रदेशका एघार जिल्लामा रहेका डिभिजन वन कार्यालयमध्ये तनहुँले सबैभन्दा बढी बिरुवा उत्पादन गरेर पुरस्कृतसमेत भइसकेको छ । जिल्लाका कूल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर छ सय १६ सामुदायिक वन र चार सय ४८५ कबुलियती वन रहेको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने