
१पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
३फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
४कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
५गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
६भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
७पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
८बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
९रसुवा बाढी : ७८१ जनाको शव भेटियो
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२तिब्बतर्फ ताल पुन: फुट्यो
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१२सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
गोरखा, २४ असार । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकालाई डढेलोमुक्त गाउँपालिका बनाइने भएको छ । वातावरण प्रदूषण रोकथाम र न्यूनीकरण गरी पर्यावरणीय संरक्षणका लागि गाउँपालिकालाई डढेलोमुक्त क्षेत्र बनाउन लागिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
“डढेलोबाट वनजङ्गलको विनासमात्र हुने नभई यसबाट पर्ने वातावरणीय असरले जलवायु परिवर्तनमा समेत नकारात्मक प्रभाव पारिरहेको हुन्छ”, उहाँले भन्नुभयो, “यसलाई रोकथाम र नियन्त्रणका लागि सिङ्गो गाउँपालिकालाई नै डढेलोमुक्त गाउँपालिका घोषणा गरिएको हो ।”
“पालिकाभित्रका धेरैजसो जङ्गलमा सिकारीले बढी मात्रा डढेलो लगाउने गरेको पाइएकाले डढेलो नियन्त्रण र रोकथामका लागि गाउँपालिकाले नीति बनाउन लागेको अध्यक्ष लामाले जानकारी दिनुभयो । “सिर्दीबास क्षेत्रमा यस्तो समस्या बढी देखिएको छ”, उहाँले भन्नुभयो, “सिकारीले सिकारका लागि समेत डढेलो लगाउने गरेका पाइएकाले पालिकालाई नै डढेलोमुक्त क्षेत्र घोषणा गरी कडाइका गर्न लागिएको हो ।”
गाउँपालिकालाई डढेलोमुक्त बनाउन सके मात्र प्रदूषणमुक्त गाउँपालिका निर्माण गर्न सकिने भएकाले डढेलो रोकथाम र नियन्त्रणलाई गाउँपालिकाले प्राथामिकता दिएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै समेटेर गाउँपालिकालाई डढेलोमुक्त गाउँपालिका बनाउने घोषणा कार्यान्वयनका लागि गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)सँग पनि समन्वय गरेर काम गर्ने अध्यक्ष लामाको भनाइ छ ।
यसका लागि गाउँ–गाउँमा जनचेतना फैलाउने योजना गाउँपालिकाले बनाएको उहाँले बताउनुभयो । “डढेलोका कारण पुग्ने क्षति, वातावरणमा पुग्ने असर, वन्यजन्तुको विनासलगायतका जनचेतना गाउँ–गाउँमा फैलाउनु आवश्यक छ”, अध्यक्ष लामाले भन्नुभयो, “भौगोलिक विकटता भएको गाउँपालिका भएकाले एमक्यापसँग समन्वय र सहकार्य गरी ड्रोनमार्फत पनि सचेतना फैलाउने र टोल–टोलमा सचेतना प्रदान गर्ने योजना छ ।”
प्रदूषणमुक्त गाउँपालिका निर्माणका लागि पालिकाभित्रका खाली जमिनमा वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकाको योजना रहेको उहाँले जानकारी दिनुभयो । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको चुम उपत्यका करिब एक सय तीन वर्षअघिदेखि शान्ति र अहिंसाको क्षेत्रका रूपमा पनि परिचित छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने