
१पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
४समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
५संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
६‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
७लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
८बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
९आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१०अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
११राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१२राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
७पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
१२पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
शिक्षाविद् प्रा.डा. इन्द्रप्रसाद तिवारी र तुलसीराम लामिछानेलाई दोसल्ला ओढाएर सम्मान
लेखनाथ, असार १८ । पोखराको लेखनाथमा रहेको डायमण्ड माध्यामिक विद्यालयले स्मार्ट प्रविधि मार्फत् कक्षा सञ्चालनको शुभारम्भ गरेको छ । गुरुपूर्णिमाका दिन आज सोमबारदेखी विद्यालयमा आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ‘स्टडी स्मार्ट विथ माई सेकेण्ड टिचर’ कार्यक्रमको शुभारम्भ गरेको हो ।
कम्प्यूटर, आईप्याड, आईफोन र ल्यापटपको प्रयोग गरेर विद्यार्थी, शिक्षक र अभिभावकका लागि तयार गरिएको स्मार्ट एप्लिकेसनमा आफ्नो युजर आईडी मार्फत पाठ्य सामाग्री, अध्ययन गर्न, हेर्न र प्रश्नको हल समेत गर्न सक्नेछन् ।
यो प्रविधि डायमण्ड माविले यस क्षेत्रमा पहिलोपटक प्रयोग गरेको हो । आइएनजी स्किल एकेडेमीको सहकार्यमा स्मार्ट प्रविधिसँग दोस्रो शिक्षक सिकाईका रुपमा अगाडी बढाईने विद्यालयले जनाएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै पोखरा विश्वविद्यालयका पूर्व डीन प्रा.डा. इन्द्रप्रसाद तिवारीले स्मार्ट प्रविधिको शिक्षण विधि प्रविधिको पनि विशिष्टीकृत रुप भएको बताए । उनले कम्प्यूटर र विज्ञानको युगमा लिखित पाठ्यक्रम भन्दा प्रविधिको माध्यमलाई जोड्नु सकारात्मक भएको उल्लेख गरे ।
शिक्षाविद् तिवारीले शिक्षणमा ‘एप्स’को प्रयोग गरी डिजिटल पाठ्यक्रमको विकास गरी विद्यार्थीलाई अभ्यस्त गराउन सकिने बताए ।
कार्यक्रममा लक्ष्मी आदर्श मा.वि पूर्वप्रधानाध्यापक तुलसीराम लामिछानेले घोकन्ते अध्ययनलाई प्रविधिले विस्थापित गर्नु पर्नेमा जोड दिएका थिए ।
लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारीले नीति, विधि र प्रविधिमा आधारित भएर अध्यापन गर्नु पर्नेमा जोड दिएका थिए । उनले प्रविधि मार्फत् अभिभावकहरुले उत्तरदायित्व पुरा गर्ने गरी जोड्नु पर्ने बताए ।
विद्यालयका संस्थापक प्राचार्य एम बहादुर रोकाले पछिल्लो पुस्ता प्रविधि अभ्यस्त हुँदै गएकाले स्मार्ट शिक्षण सिकाईको माध्यमलाई विद्यालयले प्रयोगमा ल्याएको उल्लेख गरे ।
स्मार्ट प्रविधिलाई मेरो सेकेण्ड टिचरका रुपमा विकास गर्दै, श्रब्यदृश्य सम्वाद, अन्तरक्रिया र प्रश्नोत्तर एवम् अभ्यासले विद्यार्थीहरुमा सिर्जनशिलताको प्रयोग हुनेमा विश्वस्त रहेको रोकाको भनाई थियो ।
विद्यालयका निर्देशक माधवशरण उपाध्यायले डायमण्डबाट दिक्षित भएका विद्यार्थीहरु संसारका विभिन्न राष्ट्रमा अध्ययन अनुसन्धान र पेशामा संलग्न रहेको उल्लेख गर्दै, आगामी पुस्ता अझ सशक्त भएर अघि बढ्ने बताए । उनले दोस्रो शिक्षक शिक्षण विधिमा स्मार्ट प्रविधिको प्रयोग गरिएको उल्लेख गर्दै, विद्यार्थी, शिक्षक र अभिभावकका लागि यो सशक्त माध्यम बन्ने विश्वास व्यक्त गरे ।
स्किल एकेडेमीसँगको सहकार्यमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ‘मेरो सेकेण्ड टिचर’का रुपमा विकास गर्ने गरी कक्षाहरुमा स्मार्ट प्रविधि जडान गरिएको विद्यालयका शैक्षिक प्रशासन प्रमुख इञ्जिनियर सञ्जिव थापाले बताए । उनले डिजिटल कक्षा कोठा, शिक्षकहरुका लागि पाठ्य सामाग्री निर्माण, सेमिनार र अन्तर संवाद लगायतका माध्यम समावेश गरिने उल्लेख गरे ।
विद्यार्थी र शिक्षकको बृहत्तर विकासका लागि काठमाण्डौं विश्वविद्यालय, आईएनजी स्किल एकेडेमी, लावण्य इन्टरनेशनल र बेलायतको एनसिसि डिजी स्कुल एवम् सिद्धराजा इन्टरनेशनल स्कुलसँग सहकार्य गरिएको जानकारी गराए ।
थापाले सिद्धराजा इन्टरनेशनलसँग विद्यार्थी तथा शिक्षकको अध्ययन र अध्यापन आदान प्रदान, एनसिसि डिजी स्कुलसँग कक्षा ४ देखी ७ सम्मका विद्यार्थीहरुलाई युके बेस आईटी कोर्स संचालन गरिएको बताए ।

सोही अवसरमा शिक्षाविद् प्रा.डा. इन्द्रप्रसाद तिवारी र तुलसीराम लामिछानेलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
उनले लावण्य इन्टरनेशनलसँग बालबिकास केन्द्रका विद्यार्थीका लागि शिक्षण र सिकाई विधि, काठमाडौं विश्वविद्यालयसँग प्रोफेसनल शिक्षा, पाठ्य सामाग्री तयारी र स्किल एकेडेमीसँग ‘स्टडी स्मार्ट विथ माई सेकेण्ड टिचर’का लागि स्मार्ट प्रविधिका लागि सहकार्य गरिएको बताए ।
सोही अवसरमा शिक्षाविद् प्रा.डा. इन्द्रप्रसाद तिवारी र तुलसीराम लामिछानेलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
विद्यालयका निर्देशक माधवशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा स्किल एकेडेमीका निखिल श्रेष्ठ र दिक्षा खनाल लगायतले कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए । कार्यक्रमको संचालन विद्यालयका निर्देशक हरिप्रसाद लामिछानेले गरेका थिए ।
बि.सं. २०४५ सालमा स्थापना भएको यस क्षेत्रकै संस्थागत विद्यालयको रुपमा रहेको डायमण्ड माध्यामिक विद्यालयले २०५२ सालदेखि प्रवेशिका परिक्षामा विद्यार्थीहरुलाई सामेल गराउँदै आईरहेको छ । साथै विद्यालयले २०६३ सालदेखि दश दुई जोडको अध्यापन पनि गराउँदै आईरहेको छ ।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ