
१आइजिपी डा. मनोजकुमार केसीले सम्हाले प्रहरी कमान्ड
२डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
३बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
४राज्य व्यवस्था समिति बैठक बोलाउन विपक्षी दलहरुको माग
५न्यायाधीश विरुद्ध महाभियोगको गृहकार्यमा रास्वपा
६बिचौलिया इनमको बयान : चोलेन्द्र श्रीमान् ‘मास्टरमाइन्ड’, मलाई ‘युज’ गरियो
७स्कुटरको ठक्करबाट वृद्ध मनबहादुर पुनको मृत्यु
८पत्रकार पक्राउ र न्यायालयका विषयमा संसदीय समिति बनाउन काँग्रेसको माग
९‘भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्रै सबै स्थानीय तहबाट हुनेछ’: प्रधानमन्त्री बालेन
१०गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
११कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
१२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
७ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
८प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
९विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१२सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
गोरखा, १७ असार । ढिलोगरी मनसुनी वर्षा भएका कारण जिल्लामा रोपाइँ गर्न ढिलाइ भएको छ । “अहिलेसम्मको अवस्था हेर्दा जिल्लाभित्र करिब एक हजार दुई सय ६० हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ भएकोे छ”, कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले भन्नुभयो, “मनसुनी वर्षाको आवश्यक नपर्ने खेतमा धमाधम रोपाइँ भए पनि आकाशे पानीको भर पर्नुपर्ने खेतमा रोपाइँ बल्ल सुरु हुन थालेको हो ।”
अघिल्लो वर्ष यतिबेला जिल्लाभित्र २२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो । “पोहोर यतिबेला झन्डै बाइस प्रतिशत क्षेत्रफल जमिनमा रोपाइँ भइसकेको थियो”, उहाँले भन्नुभयो, “अघिल्लो वर्षको तुलनामा जिल्ला यस वर्ष रोपाइँमा ढिलाइ भएको छ ।”
मुख्य गरी दरौदी करिडोर क्षेत्रका फाँट तथा खेतमा भने आकाशे पानी नपर्दै पनि रोपाइँ गर्नका लागि पानीको अभाव नहुने भएकाले ती क्षेत्रमा रोपाइँ भइसकेको उहाँको भनाइ छ । “आकाशे पानीको भर पर्नुपर्ने क्षेत्रमा मनसुनी वर्षा नभएसम्म रोपाइँ गर्न सक्ने अवस्था हँुदैन”, प्रमुख अधिकारीले भन्नुभयो, “जहाँ सिँचाइको सुविधा तथा पर्याप्त पानीको सुविधा छ ती क्षेत्रमा मात्र रोपाइँ सकिएको हो ।”
जिल्लाको दक्षिणी भू–भागमा धेरैजसो बर्खे धानखेती हुने गरेको केन्द्र प्रमुख अधिकारीले बताउनुभयो । यहाँका खेतीयोग्य जमिनमध्ये जिल्लाको ३५ प्रतिशत भू–भागमा मात्र धानखेती हुने उहाँको भनाइ छ । “धानखेती हुने जमिनमध्ये पनि करिब ३८ प्रतिशत खेतमा मात्र सिँचाइको सुविधा पुगेको छ”, उहाँले भन्नुभयो, “बाँकी जमिनमा रोपाइँ गर्न भने आकाशे पानीको भर पर्नुपर्ने बाध्यता गोरखाका किसानको छ ।”
केही दिनदेखि वर्षा सुरु भएकाले सबैतिर रोपाइँ गर्न सुरु भइरहेको उहाँले बताउनुभयो । गोरखा जिल्लामा करिब १० हजार पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुने गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । कार्यालयले जिल्लाभित्रका सबै पालिकासँग नियमितरूपमा धान रोपाइँको तथ्याङ्क लिएर मन्त्रालयमा जानकारी गर्ने काम भइरहेकोसमेत उहाँले बताउनुभयो ।
जिल्लामा किसानले सावित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, महाराजा, च्याम्पियन, युस–३१२ जातका धान रोप्ने गरेको उहाँले बताउनुभयो । पछिल्लो समयमा किसानले अन्य केही उन्नत जातको धानका बीउ पनि लगाउन सुरु गरेका छन्”, केन्द्र प्रमुख अधिकारीले भन्नुभयो, “खेती प्रणालीमा यान्त्रिकीकरणको प्रयोग पनि पछिल्लो समय बढ्दै गएको छ ।”
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा