
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
म्याग्दी, १६ असार । प्लास्टिक जन्य सामानले निगालो र बाँसबाट बनाइने टोकरी, डाली, भकारी, थुन्से, मान्द्रो, नाङ्लोजस्ता सामानलाई विस्थापित बनाएको छ ।
कम लागतमा तयार पार्न सकिने आर्थिकरुपमा मितव्ययी, वातावरणमैत्री निगालो र बाँसबाट बनाइएका सामग्री विस्थापित र सीपको पुस्तान्तरण पनि हुन सकेको छैन । नयाँ पुस्तामा सीप हस्तान्तरण, प्रवर्द्धन, संरक्षण र प्लास्टिकजन्यको विकल्पमा स्थानीय सामग्रीको प्रयोग बढाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख माविका विद्यार्थीलाई निगोलोबाट सामान बनाउने तालिम दिइएको छ ।
सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोगमा कक्षा ८, ९ र १० का ४० जना विद्यार्थीलाई बिहीबार र शुक्रबार सीपमूलक तालिम दिइएको प्रअ केदार कार्कीले बताउनुभयो । “वातावरणलाई दूषित बनाउने र पैसा बाहिरिने प्लास्टिक जन्य सामानको विकल्पमा निगालोका सामग्रीको प्रयोग बढाउने र सीप हस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो, “निगालोबाट सामान बनाउने आधारभूत सीप सिकेका विद्यार्थीले बर्खे बिदामा बनाउने सामग्री विद्यालयले खरिद गर्छ ।”
फोहर फाल्न प्रयोग हुने प्लास्टिकको डस्टिबिनको विकल्पमा निगालोको डाली र डोका उत्पादन गर्न विद्यार्थीलाई बर्खे बिदाको गृहकार्य दिइएको हो । उनीहरुलाई शिखका बोमबहादुर पुन र किन्दुका चन्द्रबहादुर सुनारले निगालोबाट चोया र चोयाबाट विभिन्न सामान बनाउने सीप सिकाउनुभएको थियो ।
ग्रामीण क्षेत्रमा केही वर्षअघिसम्म निगालोबाट बनाइएइका थुन्से, डोका, डाली, नाम्लो, दाम्लो, भकारी, नाङ्लोका सामग्रीको प्रयोग हुने गर्दथ्यो । प्लास्टिकजन्य सामानको आयात हुन थालेपछि निगालोका सामानले बजार नपाउँदा सीपयुक्त जनशक्ति परम्परागत पेसाबाट पलायन र सामान खरिद गर्दा नगद बाहिरिएको छ । उच्च पहाडी क्षेत्रको जङ्गलमा प्रशस्त पाइने निगालो प्रयोग हुन नसकेर खेर गइरहेको छ ।
परम्परागत सीपको संरक्षण र नयाँ पुस्तालाई हस्तान्तरण गरी वातावरणलाई असर पुग्ने प्लास्टिकजन्य सामग्रीको प्रयोग तथा आयात घटाउने र रोजगारी सिर्जना गराउने उद्देश्यले तालिम सञ्चालनमा सहयोग गरिएको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताउनुभयो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !