
१पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
४समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
५संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
६‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
७लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
८बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
९आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१०अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
११राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१२राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
७पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
१२पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
तनहुँ १४ असार । आँबुखैरेनी गाउँपालिकामा ‘मुख्यमन्त्री नवप्रवर्तन साझेदारी’ कार्यक्रममार्फत सात सय पाँच घरधुरीका बासिन्दा लाभान्वित हुने भएका छन् । उक्त कार्यक्रममार्फत एक हजार सात सय ६५ महिला र एक हजार सात सय ६४ पुरुष गरी तीन हजार पाँच सय २९ व्यक्ति प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
त्यसमध्ये चार सय दलित, बाह्मण क्षेत्री छ सय ७७, आदिवासी जनजाति दुई हजार दुई सय ९२ र अन्य एक सय ६० व्यक्ति रहेका छन् । उक्त कार्यक्रममार्फत गाउँपालिकाले उद्योग सञ्चालन गर्न लागेको जनाइएको छ । गाउँपालिकाको ५१ प्रतिशत र अन्यको ४९ प्रतिशत सेयरको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
गाउँपालिका कार्यालयले सञ्चालन गर्न लागेको बाँसजन्य उद्योगका लागि आवश्यक पर्ने उपकरण ल्याइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । आँबुखैरेनी–२ मार्कीचोकमा बाँस तथा कृषि औजार उत्पादन उद्योगका लागि केही दिनअघि चीनबाट ल्याइएको हो । कम्पनीका रूपमा अघि बढाउन सकेको अवस्थामा उद्योग दिगोरूपमा सञ्चालन गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
उद्योग स्थापनाका लागि कुल लागत रु दुई करोड एक लाख रहेको छ । गण्डकी प्रदेश सरकारले रु एक करोड ४० लाख ७० हजार अनुदान दिएको छ भने गाउँपालिका रु ६० लाख ३० हजार लागत साझेदार रहनेछ । उद्योग सञ्चालनका लागि ल्याइएको उक्त उपकरण अब जडान गरी प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ ।
गरिबी निवारणका लागि गाउँपालिकाले बाँस र कृषि औजारसम्बन्धी उद्योग स्थापना गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । बाँस र फलामबाट विभिन्न सामग्री उत्पादन गर्न प्रदेश सरकारको सहयोगमा उद्योग स्थापना गर्न लागिएको हो । “नवीनतम ज्ञान, सीप, सोच र सिर्जनशीलता प्रवर्द्धन गर्न गाउँपालिकाले उद्योग स्थापना गर्न लागेको हो”, उहाँले भन्नुभयो, “उद्योगका लागि दुई भवन निर्माण गरिएको छ ।”
उद्योगबाट बाँसजन्य सामग्री सोफा, कुर्सी, टेबल निर्माण गरिनेछ । गाउँपालिकाभित्र रहेका विपन्न समुदायलाई घरेलु सीप सिकाएर आयआर्जनसँग जोड्ने मुख्य लक्ष्य रहेको अध्यक्ष चुमानले बताउनुभयो । त्यसैगरी सामुदायिक विद्यालयका लागि आवश्यक डेस्क, बेन्चलगायत सिकाइ सामग्री सोही उद्योगबाट स्थापना गरिने भएको छ ।
गाउँपलिकाले स्थानीय स्रोत र सीपको प्रवर्द्धन गरी उद्यमशीलता विकास गर्ने नीतिअन्तर्गत सीमान्तकृत र पिछडिएको भुजेल तथा मगर समुदायका ३४ जनालाई बाँसजन्य सामग्री उत्पादनको तालिम दिइसकेको छ । तालिम लिएकाहरूले बाँसजन्य सामग्री उत्पादन सुरु गरिरहेको सो गाउँपालिकाले जनाएको छ ।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ