
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
तनहुँ १४ असार । आँबुखैरेनी गाउँपालिकामा ‘मुख्यमन्त्री नवप्रवर्तन साझेदारी’ कार्यक्रममार्फत सात सय पाँच घरधुरीका बासिन्दा लाभान्वित हुने भएका छन् । उक्त कार्यक्रममार्फत एक हजार सात सय ६५ महिला र एक हजार सात सय ६४ पुरुष गरी तीन हजार पाँच सय २९ व्यक्ति प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।
त्यसमध्ये चार सय दलित, बाह्मण क्षेत्री छ सय ७७, आदिवासी जनजाति दुई हजार दुई सय ९२ र अन्य एक सय ६० व्यक्ति रहेका छन् । उक्त कार्यक्रममार्फत गाउँपालिकाले उद्योग सञ्चालन गर्न लागेको जनाइएको छ । गाउँपालिकाको ५१ प्रतिशत र अन्यको ४९ प्रतिशत सेयरको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।
गाउँपालिका कार्यालयले सञ्चालन गर्न लागेको बाँसजन्य उद्योगका लागि आवश्यक पर्ने उपकरण ल्याइसकेको गाउँपालिका कार्यालयले जनाएको छ । आँबुखैरेनी–२ मार्कीचोकमा बाँस तथा कृषि औजार उत्पादन उद्योगका लागि केही दिनअघि चीनबाट ल्याइएको हो । कम्पनीका रूपमा अघि बढाउन सकेको अवस्थामा उद्योग दिगोरूपमा सञ्चालन गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
उद्योग स्थापनाका लागि कुल लागत रु दुई करोड एक लाख रहेको छ । गण्डकी प्रदेश सरकारले रु एक करोड ४० लाख ७० हजार अनुदान दिएको छ भने गाउँपालिका रु ६० लाख ३० हजार लागत साझेदार रहनेछ । उद्योग सञ्चालनका लागि ल्याइएको उक्त उपकरण अब जडान गरी प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ ।
गरिबी निवारणका लागि गाउँपालिकाले बाँस र कृषि औजारसम्बन्धी उद्योग स्थापना गर्न लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । बाँस र फलामबाट विभिन्न सामग्री उत्पादन गर्न प्रदेश सरकारको सहयोगमा उद्योग स्थापना गर्न लागिएको हो । “नवीनतम ज्ञान, सीप, सोच र सिर्जनशीलता प्रवर्द्धन गर्न गाउँपालिकाले उद्योग स्थापना गर्न लागेको हो”, उहाँले भन्नुभयो, “उद्योगका लागि दुई भवन निर्माण गरिएको छ ।”
उद्योगबाट बाँसजन्य सामग्री सोफा, कुर्सी, टेबल निर्माण गरिनेछ । गाउँपालिकाभित्र रहेका विपन्न समुदायलाई घरेलु सीप सिकाएर आयआर्जनसँग जोड्ने मुख्य लक्ष्य रहेको अध्यक्ष चुमानले बताउनुभयो । त्यसैगरी सामुदायिक विद्यालयका लागि आवश्यक डेस्क, बेन्चलगायत सिकाइ सामग्री सोही उद्योगबाट स्थापना गरिने भएको छ ।
गाउँपलिकाले स्थानीय स्रोत र सीपको प्रवर्द्धन गरी उद्यमशीलता विकास गर्ने नीतिअन्तर्गत सीमान्तकृत र पिछडिएको भुजेल तथा मगर समुदायका ३४ जनालाई बाँसजन्य सामग्री उत्पादनको तालिम दिइसकेको छ । तालिम लिएकाहरूले बाँसजन्य सामग्री उत्पादन सुरु गरिरहेको सो गाउँपालिकाले जनाएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !