
१नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
३सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
४‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
५कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
६हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
वाशिङ्टन डिसी, १० असार । रुसमा देखिएको आकस्मिक सङ्कटका बीच संयुक्त राज्य अमेरिका आफ्ना सहयोगीहरूको निकट समन्वयमा रहने विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताउँनु भएको छ । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलाइत र युरोपेली संघका विदेशमन्त्रीहरूसँग कुराकानी गर्दै उहाँले अमेरिका ‘निकटको समन्वयमा रहने बताउँनु भएको हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्री ब्लिन्केनले क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र युनाइटेडका विदेशमन्त्रीहरूसँग यस विषयमा कुरा गर्नु भएको पुष्टि गर्नु भएको छ ।
“मन्त्री ब्लिन्केनले युक्रेनका लागि संयुक्त राज्य अमेरिकाले गर्दै आएको समर्थन परिवर्तन नहुने कुरा समेत दोहोर्या्उनु भएको छ । नयाँ घटनाक्रम विकसित हुँदै जाँदा संयुक्त राज्य अमेरिका आफ्ना सहयोगी र साझेदारहरूसँग नजिकको समन्वयमा रहनेछ,” विज्ञप्तिमा भनिएको छ ।
वाग्नर लडाकु प्रमुख येभगेनी प्रिगोजिनले टेलिग्राम पोस्टमा विद्रोहको घोषणा गरेपछि अमेरिकाको यो टिप्पणी सार्वजनिक भएको हो । लडाकु प्रमुखले लडाकुहरू युक्रेनबाट रूसी सेनाको विरूद्ध दक्षिणी रूसतर्फ सीमा पार गर्दै अगाडि बढेको बताएका थिए । यसै बीच उनले आफ्ना लडाकुले आफ्नो बाटोमा अवरोध गर्ने जो कोहीलाई नष्ट गर्ने घोषणा पनि गरेका थिए । उनले भनेका छन् – “हामी अगाडि बढिरहेका छौं र अन्त्यसम्म बढ्नेछौं।”
वाग्नर लडाकुहरू रुसको रोस्तोभ शहर प्रवेश गरिरहेको बताइएको छ ।
उनले चेकपोइन्टहरूमा कुनै प्रतिरोध नभएको र आफ्ना लडाकुहरू “बालबालिका विरुद्ध” भने नलडेको पनि दाबी गरेका छन् ।
प्रिगोजिनको सो अभिव्यक्तिपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै वाग्नर समूहको “सशस्त्र विद्रोह” “पिठमा छुरा धस्ने देशद्रोहको बाटो” भएको टिप्पणी गर्नु भएको छ । उहाँले रुसी सेनाका विरुद्ध सशस्त्र विद्रोह गर्ने देशद्रोहीहरूलाई कडा कारबाही गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
यता प्रिगोजिनले भने रुसी राष्ट्रपतिले “गम्भीर गल्ती” गरेको भन्दै विद्रोही समूह देशभक्त रहेको दाबी गरेको वाशिङ्गटन पोस्टले उल्लेख गरेको छ ।
आफ्नो प्रेस सेवाद्वारा शनिबार पोस्ट गरिएको अडियो सन्देशमा प्रिगोजिनले भनेका छन् -“मातृभूमिप्रति विश्वासघात गर्दै राष्ट्रपतिले गम्भीर गल्ती गर्नु भएको छ ।”
देशलाई “भ्रष्टाचार, छलछाम र नोकरशाही” को देश भनेर सम्बोधन गर्दै उनले विद्रोही समूहले लडाइँ जारी राख्ने बताएका छन् । विद्रोही कमाण्डरले भनेका छन्-‘हामी हाम्रो मातृभूमिका देशभक्त हौं, हामी लड्दै आएका छौं र लडिरहने छौं । हामी राष्ट्रपति, सेना वा अरू कसैको अनुरोध स्वीकार गर्दैनौं किनभने देश भ्रष्टाचार, छलछाम र कसैको तजबिजको दलदलमा फसिरहन दिदैनौं ।रासस/एएनआई
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !