
१एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
४रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
५लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
६पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
दमौली । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै ।
दमौली बजारले कुहिरोको घुम्टो ओढेर सूर्य उदाँउदाको दृश्य हेर्न लालायित आन्तरिक पर्यटक व्यास नगरपालिका–५ को मानहुँकोट डाँडा पुग्छन् । आन्तरिक पर्यटक सङ्ख्या दशैँयता ह्वात्तै बढेको छ । दशैँपछि दैनिक एक हजारभन्दा बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लने गर्थे तर शनिबार १० हजारभन्दा बढी पर्यटक पुगेका छन् । मेला महोत्सवमा जस्तै डाँडैभरि पर्यटकको ताँती लाग्यो ।
यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक रहेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताउनुभयो । “गत वर्ष पर्यटकीय याममा दैनिक दुई/तीन सयको हाराहारीमा पर्यटक आउँथे । यो वर्ष दशैँपछि त्यो सङ्ख्या बढेर हजारमा पुग्यो । शनिबार १० हजारभन्दा बढी पर्यटक आएको अनुमान छ”, उहाँले भन्नुभयो ।
मानहुँकोट पुग्ने सडकमा सवारी चाप थेगी नसक्नु हुँदा घण्टौँसम्म जाम लागेको थियो । चापाघाटबाट छ किलोमिटरको यात्रा गरेपछि मानहुँकोट पुगिन्छ । समुदायस्तरमा कोरोनाको सङ्क्रमणको जोखिम बढिरहेको बेला कोरोना भुलेर हजारौँ पर्यटकको भिड लाग्दा जोखिम झनै बढेको छ । सामाजिक सञ्जालमा मानहुँकोट ‘कोरोना फ्रि जोन’ हो भनेर समेत व्यङ्ग्य गर्न थालिएको छ ।
घुम्न आउँदा पर्यटकले कम्तीमा पनि सचेतना अपनाई मास्क तथा सेनिटाइजर प्रयोग गर्न र सामाजिक दूरी आनिवार्य कायम राख्न वडाध्यक्ष श्रेष्ठको अनुरोध छ । “कोरोनाका कारण घरबाट निस्किएर घुम्ने अवस्था छैन । सकभर कमै हिँड्नुस्”, उहाँले भन्नुभयो ।
तनहुँको विभिन्न स्थानसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, गोरखा र चितवन लगायतका जिल्लाबाट पर्यटक आएका हुन् । केही शुक्रबारै मानहुँकोट पुगेका थिए । शनिबार बिहान ३ बजेदेखि नै मानहुँकोट जानेको लर्को राजमार्गमै देखिएको थियो । मानहुँकोटबाट सूर्योदय, सूर्यास्त, हिमशृङ्खला, दमौली बजार, मादी र सेती नदीको दृश्य आकर्षक देखिन्छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव