• News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तर्राष्ट्रिय समाचार

    पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

    लिमा, २४ वैशाख । पेरूको दक्षिणी क्षेत्रमा रहेको एक सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना कामदारको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

    एरिक्विपा क्षेत्रमा रहेको ला एस्पेरान्जा खानीभित्रको सुरुङमा शनिबार सर्ट सर्किटका कारण आगलागी भएको प्रहरी र सरकारी अधिवक्ताको कार्यालयले जनाएको छ ।

    सरकारी अभियोजक जियोभान्नी माटोसले च्यानल एन टेलिभिजनलाई दिएको जानकारीअनुसार खानीभित्र २७ जनाको मृत्यु भएको छ ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार सुदूर कोन्डेसुयोस प्रान्तको खानीमा विस्फोट भएपछि आगलागी सुरु भएको हो ।

    प्रहरीले मृतकको विवरण सङ्कलन गरेपछि मात्रै आगलागीको खबर आइतबार प्रकाशित गरेको हो ।

    उद्धार टोलीले मृतकको शव निकाल्नुअघि खानीलाई सुरक्षित बनाउने प्रयास गरिरहेका बताइएको छ ।

    माटोसले भन्नुभयो, “हामीले मृतकहरू सुरक्षित भएको ठाउँ बनाउनुपर्छ ताकि हामी त्यहाँ पस्न र शवहरू निकाल्न सक्छौं ।” -रासस/एएफपी