
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
गलेश्वर, ११ वैशाख । मुस्ताङको थासाङ गाउँपालिका-२ बोक्सी खोलामा वैशाख आठ गतेदेखि सुरु भएको चौरीको आलो रगत पिउने मेलामा भीड लागेको छ । याक र चौंरीबाट आलो रगत निकालेर पिउने मानिसको भीड बढेको हो ।
मेलामा मुस्ताङी भन्दा म्याग्दी, पोखरा, चितवन, नवलपरासी, तनहुँ, पर्वत, बुटवल, काठमाडौँबाट आउने धेरै छन् । रोग सञ्चो हुने विश्वासमा बच्चा, बिरामी, वृद्धसमेत बोक्सी खोलामा आएका स्थानीय गोविन्द शेरचनले जानकारी दिनुभयो । हिमाली खर्कमा चरेका चौँरीहरूले पाँचऔंले, निरमसी, जटामसी, यार्सागुम्बाजस्ता जडीबुटी खाने हुँदा त्यसको रगत सेवनले मानिसको पेटसम्बन्धी रोग निको हुने विश्वासले मानिस चौरीको आलो रगत पिउन आउने गरेका स्थानीयवासीले बताएका छन् ।
“पहिले यसलाई चौँरीको रगत पिउने मेला मात्र भनिन्थ्यो,अहिले मेलाको रुपमा मात्र नलिएर प्राकृतिक चिकित्सा र चौंरीको स्वास्थ्यसँग पनि जोडेर हेरिएको छ”, स्थानीय नरबहादुर हिराचनले भन्नुभयो ।
रगत निकाल्नाले चौंरी स्वस्थ हुने भएकाले वर्षमा दुई पटक चौरीको शरिरबाट रगत झिक्ने र मानिसले पिउने गरेको धौलागिरि चौँरीपालन समूहमा आवद्ध गोविन्द शेरचनले जानकारी दिनुभयो । एउटा वयस्क चौंरीबाट ३० गिलाससम्म रगत निकाल्न सकिने स्वंयसेवक बताउँछन् ।
हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसीलगायत जडीबुटी खाएका चौँरीगाईको रगत पिएमा ग्याष्टिक, कमलपित्त, सुन्नेको र छालासम्बन्धी रोगसमेत निको हुने बढ्ने विश्वास गरिन्छ । पालो परेको गोठको चौँरी ल्याएर राखिन्छ मेलामा ।
जिउँदो चौँरीलाई नियन्त्रणमा लिई तालिम प्राप्त रगत निकाल्ने व्यक्ति (स्थानीय भाषामा आम्जी) ले चौरीको घाँटीमा सुइरो (चापो) ले नशामा कोपेर रगत निकाल्ने गर्दछन् ।
रगत निकाली सकेपछि माटो वा गोबरले रगत निस्कने भाग टालेर चौँरीलाई छाडिन्छ । मुस्ताङमा पालिएका चौँरीको प्रत्येक वर्ष वैशाख र साउनमा गरी दुई पटकसम्म रगत पिउने मेला सञ्चालन हुँदै आएको छ । चौँरीको दूधबाट दही, घीउ, चिज र छुर्पी लगायतका परिकार बनाएर बिक्री गरिन्छ । चौँरीको सिङलाई खच्चडको घाँटीमा झुन्ड्याइने घण्टीको रूपमा प्रयोग गरिन्छ भने पुच्छर धार्मिक पूजाआजामा चमरको रूपमा प्रयोग गर्ने गरिन्छ । चौँरीको मलमूत्र खेतबारीमा प्रयोग हुन्छ ।-रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी