
१डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
२लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
३पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
६पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
९फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१०माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
८जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
१२माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
पोखरा, १९ चैत । पोखरा बहुमुुखी क्याम्पसद्वारा पोखरामा आयोजित क्याम्पस र समुदायबीचको छलफल एवं अन्तक्र्रियामा सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएकामा जोड दिइएको छ ।
सामुदायिक शैक्षिक संस्थालाई समुदायको सहयोग अपरिहार्य हुने बताउँदै वक्ताहरूले सामुुदायिक संस्थाको महत्व नबुुझ्दा समस्या पर्ने गरेको बताए । टोल संस्था विकास समन्वय समितिका अध्यक्ष उत्तम जोशीले क्याम्पस सञ्चालक समिति, समुदाय, क्याम्पस प्रशासन, शिक्षक र विद्यार्थी सबैको सहभागितामा सामुदायिक शैक्षिक संस्थाले गति लिने बताउनुभयो ।
गुणस्तरीय र सङ्ख्यात्मकमा मात्र नभई असल संस्कार प्रदान गर्नेतर्फ सामुदायिक शैक्षिक संस्था लाग्नुपर्ने उल्लेख गर्दै उहाँले पछिल्लो पुस्ता संस्कारका सिकाइबाट बिमुख हुँदै गएको बताउनुभयो ।
बाँस्तोलाथर टोल विकास संस्थाका प्रकाश बाँस्तोलाले सामुदायिक क्याम्पसप्रति समुदायको ध्यान तान्न जरुरी रहेको जनाउँदै सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिने हो भने सामुदायिक शैक्षिक संस्था अब्बल हुँदै जाने धारणा राख्नुभयो ।
जनकल्याण महिला समूहकी अध्यक्ष विमला परियारले छोराछोरीलाई पढ्न पठाएर मात्र अभिभावकको कर्तव्य पूरा नहुने बताउँदै उनीहरूको पढाइको अवस्थासँगै शिक्षकको अध्यापन शैलीबारे चासो दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठले शैक्षिक संस्था र समुदायबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने जनाउँदै सामुदायिक संस्थालाई समुदायको स्वामित्व चाहिनेमा जोड दिनुभयो । पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले समुदायको सद्भावमा मात्र सामुदायिक सम्पत्तिको जगेर्ना हुने बताउनुभयो ।
कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष बद्री श्रेष्ठ, क्याम्पस प्रमुख शिशुकला पराजुलीलगायतले सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएको भन्दै यसको समग्र विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
समुदायकै सहयोगमा विसं २०४४ मा स्थापित क्याम्पस हाल पोखरा महानगरपालिका वडा नं ९ शान्तिवन बाटिकामा सञ्चालन भई चारवर्षे स्नातक तहमा बिए र बिबिएस तहको अध्यापन भइरहेको छ । -रासस
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई