
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
डुम्रे, १२ चैत । पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै भएको यहाँको होटल व्यवसायले पनि गति समात्न थालेको छ ।
बन्दीपुरका होटल व्यवसायी सूर्य ढकाल भन्नुहुन्छ, “बन्दजस्तै भएको व्यवसाय अहिले केही मात्रामा चयलायमान भएको छ ।” सर्वजानिक बिदा र शनिबारको दिनमा बन्दीपुरमा आन्तरिक पर्यटकको आवतजावत बढिरहेको उहाँ बताउनुहुन्छ ।
पूर्वाधारमा सहज व्यवस्थापन नहुँदा पनि केही असर गरेको उहाँको भनाइ छ । त्यस्तै बन्दीपुरका पर्यटन व्यवसायी काशीनाथ गुरुङ भन्नुहुन्छ, “पहिले–पहिले पर्यटक धेरै आउँथे, फुर्सद नै थिएन ।”
अहिले यहाँ पर्यटक कम मात्रामा आउने गरेको व्यवसायी गुरुङ बताउनुहुन्छ । “दुई वर्ष कोरोनाले पर्यटक नै शून्य भए, अहिले सिजन हो, आउनुपर्ने जति पर्यटक बन्दीपुर आउन सकेका छैनन्”, उहाँ भन्नुहुन्छ, “राजमार्ग विस्तार गर्ने क्रममा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले सडकमार्गको यात्रामा समस्या हुँदा पर्यटक घटेको अनुभव गरेका छौँ ।”
सहज यात्रा चाहने पर्यटक हवाईमार्फत सिधा पोखरा जाने गर्दा यहाँ आउने विदेशी पर्यटक घटेका उहाँको भनाइ छ । अहिले विदेशी पर्यटक ‘प्याकेज’मा मात्रै आउने गरेको बन्दीपुर पर्यटन बोर्डका अध्यक्ष किसान प्रधान बताउनुहुन्छ । “दुई वर्ष अगाडि प्याकेजबिना पनि पर्यटक आउने गर्दथे, तर अहिले प्याकेजमा मात्रै आउने गरेका छन्”, उहाँले भन्नुभयो ।
यस वर्ष सडक विस्तारले पनि केही समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक सहज नबन्दा पनि बेसिजनमा आउने पर्यटक भने पक्कै घटेका छन्, राजमार्ग विस्तार सकिएपछि अझै पर्यटक बढ्ने अपेक्षा गरेका छौँ ।”
उहाँका अनुसार अहिले प्याकेजमा भने दैनिक २० देखि २५ विदेशी पर्यटक बन्दीपुर भित्रिने गरेका छन् । “सिजन तथा बेसिजनमा विदेशी पर्यटक बन्दीपुरमा जतिबेला पनि देखिन्थ्यो, अहिले प्याकेजमा मात्रै आउने गरेका छन्, यसले बन्दीपुरको व्यवसाय पनि घटेको प्रत्यक्ष देखिन्छ”, अध्यक्ष प्रधानले भन्नुभयो ।
बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको बन्दीपुर पर्यटन बोर्डका पूर्वअध्यक्ष एवं होटल व्यवसायी वैश गुरुङ बताउनुहुन्छ ।
परम्परागत पुराना घर, यहाँको रहनसहन, स्वागत–सम्मान, ढुङ्गाले बिछ्याएको बाटोघाटोले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन मिनी ग्रेटवाल निर्माण गरिरहेको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरिएको मिनी ग्रेटवाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिन्छ ।
विगत दुई वर्षदेखि निर्माण सुरु भएको मिनी ग्रेटवाल निर्माण नसकिँदै पर्यटकको रोजाइमा पर्न थालेको हो । बन्दीपुर घुम्न आएका अधिकांश पर्यटक उक्त ठाउँका बारेमा चासो लिने गरेका छन् । बन्दीपुरमा अझै पर्यटक वृद्धिका लागि संरचना निर्माणलाई गाउँपालिकाले विशेष प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो ।
कुल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति उद्यान, मुकुन्देश्वरी उद्यान, सिसाको पुललगायतका संरचना निर्माण गर्ने योजना छ ।
विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’को नामकरण गरिएको हो । सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । यहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धवलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ आउन आकर्षित हुने गर्दछन् । रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग