
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
ओटावा, ११ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताउनुभएको छ । विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले त्यसो नगरेको उहाँले बताउनुभयो ।
“चीनले अहिलेसम्म रुसलाई हतियार उपलव्ध गराएको छैन भन्नेमा म विश्वस्त छु,”क्यानडा भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपतिले यहाँ भएको पत्रकार सम्मेलनमा भन्नुभयो । साथै उहाँले चीन र रुसबीचको सम्बन्धलाई सामान्य रुपमा नलिएको बताउँदै पछिल्लो समय सार्वजनिक भएका समाचारमा बढाइचढाइ भएको बताउनुभयो ।
राष्ट्रपति बाइडेनले प्रजातन्त्रवादी पश्चिमा मुलुकबीचको सुदृढ सम्बन्धमा जोड दिँदै पारस्परिक एकता र सहयोग अपरिहार्य भएको बताउनुभयो उहाँले प्रशान्त क्षेत्रमा विद्यमान अमेरिकी गठबन्धन ‘क्वाड’ र अष्ट्रेलिया, भारत, जापान, अष्ट्रेलिया र बेलायत सम्मिलित औकुस ९एयुकेयुस० महत्वपूर्ण सुरक्षा साझेदार हुन् भन्नुभयो ।
यसैसाता चिनियाँ राष्ट्रपति सी चिनफिङबाट भएको रुस भ्रमण मस्को र बेइजिङबीचको विशेष प्रकृतिको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास हो भन्दै राष्ट्रपति बाइडेनले युक्रेनलाई परास्त गर्न चीनले मस्कोलाई हातहतियार आपूर्ति गर्ने प्रतिबद्धता नजनाएको बताउनुभयो ।
चीनले रुसलाई हतियार दिने घोषणा गरेको भए अमेरिकासहित पश्चिमा मुलुकले बेइजिङमाथि कडा प्रतिबन्ध लगाउने परिस्थिति सृजना गथ्र्यो । युरोपमा नै अपर्याप्त भएको रुसी इन्धन चीनले खरिद गर्ने प्रतिबद्धता पनि व्यावहारिक एवम् दीर्घकालीन नभएको अमेरिकी राष्ट्रपतिको विश्लेषण थियो ।
एक पृथक प्रसङ्गमा राष्ट्रपति बाइडेनले आफ्नो देश इरानसँग द्वन्द्वमा फस्न इच्छुक नरहेको तर आफ्ना नागरिक र कर्मचारीको रक्षाका लागि बलप्रयोग गर्न पनि पछिनपर्ने बताउनुभएको छ । आफ्नो सुरक्षा टोली सिरिया भ्रमणमा जाने तयारीमा रहेको जानकारी दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो ।
उत्तरपूर्वी सिरियाको हस्काह समीप अवस्थित गठबन्धन सेनाको शिविरमा बिहीबार भएको ड्रोन आक्रमणमा एक जना अमेरिकी ठेकेदारको मृत्यु हुनाका साथै अमेरिकी सेनाका पाँच जना सदस्य घाइते भएपछि अमेरिकाले त्यहाँ तत्काल हवाई हमला गरेको थियो । ड्रोन आक्रमणको प्रतिकारमा अमेरिकी सेनाले गरेको हवाई हमलामा इरान समर्थक आठ जना लडाकु मारिएका थिए ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति जो बाइडेनको निर्देशनमा इरानको इस्लामिक रिभोलुस्नरी गार्डस् कप्र्ससँग सम्बद्ध समूहले प्रयोग गर्दै आएको स्थानमा हवाई हमला गरिएको बताउनुभएको थियो ।
सिरियामा सक्रिय इरानी समूहले उक्त आक्रमण गरिएको ठानिएको छ किनकी ड्रोन इरानमा निर्माण गरिएको अमेरिकी गुप्तचर निकायले जनाएको छ । रासस/ एएफपी
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग