
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा, २४ माघ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रमोदभक्त आचार्यले सुन्दर पर्यटकीय सहर पोखराले पाहुनालाई कोसेली दिनका लागि हस्तकलाबाट उत्पादित सामग्री बनाउन आवश्यक रहेको जनाएका छन् ।
प्रत्यक्ष अवलोकनमा आधारित हस्तकला तथा सिप विकास तालिम प्रदर्शनीका ४० जना प्रशिक्षार्थीलाई महिला सिप विकास संस्थामा आयोजित प्रमाणपत्र वितरण समारोहमा आचार्यले गण्डकी प्रदेशमा कस्तो प्रकारको सिप सिकाउँदा पूर्ण रूपमा उद्यमी भई आत्मनिर्भर र आर्थिक उपार्जनमा टेवा पुग्छ भन्ने विषयमा परिषद् चनाखो रहेको हुँदा महिला उद्यमीका हातबाट बनाइएका सामग्रीको बजारीकरण तथा विक्री प्रवद्र्धनका लागि सहकार्य गर्न प्रतिबद्ध रहने बताए ।
आचार्यले थपे ‘महिला दिदीबहिनीले तालिमपछि उद्यमी बनेर जीवनस्तरमा परिवर्तन आएको देख्न चाहेको छु ।’ सिप परीक्षणको प्रमाणपत्रका साथै प्रशिक्षकलाई पहिचान गरी प्रमाणपत्र दिने कार्यमा परिषद्ले काम गर्दै आएको जानकारी दिए ।
कास्की पोखरा हस्तकला संघकी अध्यक्ष रामकली खड्काले सिप सिकाउँदैमा मात्रै महिलाको जीवनस्तर उठ्दैन्, सिकेको सिपलाई निरन्तरता दिनुपर्छ । तालिमलाई प्रमाणपत्रमा मात्रै सीमित नराखी व्यवहारमा उतारेर उद्यमी बन्न आग्रह गरिन । स्थानीय कच्चा पद्धार्थको सदुपयोग गरी थोरै मकैको खोस्टाबाट पनि आयआर्जन गरी सम्पूर्ण परिवार पाल्न सकिने बताइन् ।
गुडिया कुसन र मकैको खोस्टाबाट सामग्री बनाउने तालिम १२ दिनको ७२ घण्टा छोटो अवधि भएकाले सिपमा निखारता ल्याउन र उद्यमशील बनाउन यसलाई तीन महिने बनाउनुपर्ने, तालिमपछि प्रमाणपत्रको सदुपयोग गर्दै सिर्जनशील बन्नुपर्ने, महिला उद्यमीले तयार गरेका वस्तुको बजारीकरण र प्रवद्र्धन गर्न आवश्यक रहेको धारणा वक्ताहरूले मन्तव्यका क्रममा राखेका थिए ।
कार्यक्रममा अन्नपूर्ण बहुप्राविधिक शिक्षालकी प्राचार्य मोतीमाया सुवेदी, पोखरा उद्योग वाणिज्य संघकी वित्त तथा लेखा प्रमुख सरिता ताम्राकार, कास्की पोखरा हस्तकला संघकी संस्थापक उपाध्यक्ष हिरा भट्टराई, उपाध्यक्ष सीता गुरुङ, विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी मुख्य प्रशिक्षक सविता श्रेष्ठ, प्रशिक्षक हिमकुमारी पुन, प्रशिक्षार्थी सितादेवी पौडेलले सिप सिकाईको महत्व, सिप हस्तान्तरण, महिला सशक्तिकरणका विषयमा बोलेका थिए ।
पोखरा उद्योग वाणिज्य संघद्वारा गत मङ्सिर १६ गतेदेखि २५ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा आयोतित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७९ सन्दर्भमा प्रत्यक्ष अवलोकनमा आधारित गुडिया कुसन तथा मकैको खोस्टाबाट बनाइने हस्तकलाका सामग्रीको तालिम सञ्चालन भएको थियो । मेलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश कार्यालय, अन्नपूर्ण बहुप्राविधिक शिक्षालय ढिकुरपोखरीसँग कास्की पोखरा हस्तकला संघले सहकार्य गरेको थियो ।
कास्की पोखरा हस्तकला संघकी अध्यक्ष रामकली खड्काको सभापतित्वमा सम्पन्न प्रमाणपत्र वितरण समारोहमा संघकी सदस्य सविता श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन भने सचिव बुद्धिबहादुर पुर्जाले कार्यक्रम सञ्चालन गरेका थिए ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर