
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
पोखरा, ५ कार्तिक । ताङले लौसीबोट बहुउद्देश्यीय सहकारी संस्था पर्वत जिल्लालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा नमुना सहकारी बनाउने योजनामा रहेको बताएको छ । शनिबार मोदी गाउँपालिका १ पर्वतमा भएको दोस्रो वार्षिक साधारण सभामा कृषि कार्यलाई प्राथमिकता दिँदै ल्याएको योजनाले अब्बल सहकारी बन्ने दावी गरिएको हो ।
सहकारीका अध्यक्ष क्याप्टेन मनबहादुर गुरुङको अध्यक्षतामा भएको सभा उद्घाटन गर्दै मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले उत्साहजनक ढंगबाट सहकारी अघि वढेको बताइन् । बाँझो जमिनलाई उपयोग गरेर वैकल्पिक नगदेवालीको खेती गर्दै अघि बढ्न सुझाव दिईन् । उनले मोदी गाउँपालिकाको आन्तरिक आय बृद्धि गरेर सहकारीलाई थप सहयोग गर्ने बताइन् ।
सहकारीका सचिव जुक्तमान गुरुङले सञ्चालन गरेको सभामा कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले नयाँ कार्ययोजनाले अघि बढेको लौसीबोट सहकारीको अभियानलाई ज्ञान केन्द्रको पूर्ण सहयोग हुने बताइन् । सरकारको नीति तथा योजनालाई तपाईहरु जस्तै अगुवा सोच भएकाहरुबाट पुरा हुने भन्दै प्राविधिक, आर्थिक तथा नीतिगत सहयोग दिन आफू तयार रहेको बताइन् ।
सहकारीले खेती सुरु गरेको अलैची र कागतीलाई कालो र पहँेलो सुनको संज्ञा दिँदै प्रमुख थापाले विरुवा रोप्नु सामान्य भएको बताइन् । उनले हेरचाह, गोडमेल र बजारीकरण मार्फत दोस्रो मुलुकमा निर्यात भएमात्र सहकारी सफल हुने ठोकुवा गरिन् ।
कृषि गर्ने क्षेत्र विस्तार, विरुवाको खाध्य तत्व, नर्सरी स्थापना, सिञ्चाई, रोग–किरा लगायत समस्या पहिचान गर्न पोखराबाट आएर खेतबारीको डिलमा बसेर हेरेर मात्र नहुने भन्दै कर्मचारी व्यवस्थापन र प्राविधिक पक्षलाई ध्यान दिन आग्रह गरिन् । गाउँपालिकाले कृषि क्षेत्रलाई उपेक्षा गरेकोमा चिन्ता गर्दै प्रमुख थापाले अनुदान खानमात्र पल्केकाले बाँझो जमीनको उपयोग गराएर देशको मुहार फेर्न नसक्ने बताइन् ।
१ लाख ५ हजार अलैची र १ हजार ५ सय कागतीका विरुवा रोपेर सुरु गरेको अभियानलाई मोदी गाउँपालिका वडा नं १ मा भएको सवै जमीनमा अभियान सञ्चालन गने सहकारीका अभियान्ता राम गुरुङको भनाई छ । उक्त क्षेत्रमा थप अनुसन्धान र माटो परीक्षण गराई चियाखेती तथा अन्य नगदेबाली लगाईने योजना रहेको राम गुरुङले बताए ।
वर्षिकोत्सवमा अध्यक्ष मनबहादुर गुरुङको नीति तथा योजना, सचिव जुक्तमान गुरुङको प्रतिवेदन र कोषाध्यक्ष गौ प्रसाद गुरुङको आर्थिक प्रतिवेदन पारित समेत गरेको छ । २ करोड सेयर पुँजी लक्ष्य बोकेको सहकारीले १ करोड वचत निक्षेप संकलन गर्ने जनाएको छ । करिव ३ सय जना सेयर सदस्य रहेको लौसीबोट सहकारीले यो आर्थिक वर्षमा ५ सय जना सेयर सदस्य पु¥याउने लक्ष्य रहेको कोषाध्यक्ष गौ प्रसादले जानकारी दिए ।
साधारण सभामा वडा अध्यक्ष टेकबहादुर गुरुङ, सहकारीका उपाध्यक्ष गिरमान गुरुङ, मेजर गुप्तमान गुरुङ, सल्लाहकार लोकबहादुर गुरुङ, लेखा समितिका संयोजक गंगाबहादुर गुरुङ, सहकारीका प्रबन्धक एवं सचिव जुक्तमान गुरुङ लगायतले पारदर्दीता, राजनीति, सेयर सदस्यबीच चल्ने हल्ला, विदेशमा रहेकालाई दिने जानकारी लगायत विषयमा बोलेका थिए । गाउँपालिका र कृषि ज्ञान केन्द्रको अनुदान समेत रहेको परियोजनामा बीमा समेत गरिएको जनाएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ