
१जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, विचौलिया पदम न्यौपाने पनि मुछिए
२पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दा पर्यटनमन्त्री गनेस पौडेलको ‘अवैध’ घर जोगिएला त ?
३समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
४संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
५‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
६लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
७बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
८आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
९अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
१०राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
११राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१२फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
पोखरा, ५ कार्तिक । पोखरा वडा नं. १७, २१ र २२ कार्यक्षेत्र तोकी सेवा शुभारम्भ गरेको मानशा बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाको पहिलो वर्षमै लय समातेको छ । पोखरा १७, बिरौटा, हिमालीटोलीमा कार्यालय रहेको सहकारीले अब कार्यक्षेत्र विस्तार गरी ६ वडा बनाउने लक्ष्य राखेको छ । यस्तै, ९१ लाख शेयर पूँजी बढाई २ करोड पु¥याउने लक्ष्य पनि राखेको छ ।
सहकारीको प्रथम वार्षिक साधारणसभाको अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष गोविन्दप्रसाद देवकोटाले कुल निक्षेपमा वृद्धि गरी ३ करोड २० लाख पु¥याउने र ऋण रकम पनि ४ करोड ६० लाख पु¥याउने लक्ष्य राखिएको बताए । हाल एक सय सात जना शेयर सदस्य संख्या रहेकोमा यसलाई वृद्धि गरी चालु आर्थिक वर्षमा दुई सय पु¥याउने लक्ष्य पनि उनले सुनाए ।
‘अघिल्लो आर्थिक वर्षमा ६ महिनामात्र सेवा सञ्चालन भयो । तर अब संस्थामा बचत, ऋण लगायत विभिन्न गतिविधिमा उत्कृष्ट योगदान पु¥याउने सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिनेछ,’– अध्यक्ष देवकोटाले भने–‘रेमिटेन्स सेवा तत्काल सुरु गरिने, मानशा कल्याणकारी कोष स्थापना गरी शेयर सदस्यहरुका सामाजिक तथा आर्थिक हितका कार्यक्रम संचालन गर्ने, टपरी उद्योग चलाउने, कृषि तथा पशुपालनलाई परियोजनामार्फत् अघि बढाउने हाम्रो योजना छ ।’
कार्यक्रमका प्रमुख अतिथि पोखरा-१७ की वडाध्यक्ष राधिका शाही योगीले वडामा कार्यक्षेत्र बनाएका दर्जन जति बहुउद्देश्यीय सहकारी रहेकाले यी सबै सहकारीको प्रतिनिधित्व हुने गरी समिति बनाएर वडाबासीको हितमा विभिन्न उत्पादनमूलक कार्यक्रम अघि बढाउन अनुरोध गरिन् ।
‘कृषि उत्पादन तथा संकलन केन्द्र, महिलाको उद्यमशीलता, दुग्ध संकलन केन्द्र सञ्चालन, बजारीकरण गर्न सहकारीहरु अग्रसर भएमा स्थानिय सरकारले सहयोग गर्नेछ । बहुउद्देश्यीय सहकारीहरुले स्थानिय क्षेत्रमा केही गर्न र समृद्धिको यात्रामा सँगै अघि बढ्न सकोस् भन्ने आग्रह गर्दछु । हाम्रो सहयोग हुनेछ ।’-अध्यक्ष योगीले भनिन् ।
पोखरा महानगरपालिका सहकारी विभागका रजिष्ट्रार भरतराज पौडेलले सहकारी अभियानमा चुनौति थपिएको भन्दै सहकारी सञ्चालकहरुले गम्भीर भएर संस्था चलाउन आग्रह गरे । ‘लगानी गर्दा सुरक्षामा ध्यान दिनुप¥यो । ऋण असुली, बचत फिर्ताको समयको लेखाजोखा गरेर लगानी गर्नुपर्छ । नत्र, बचत फिर्ता गर्न सकिएन भने संस्था डुब्छ । सहकारी अभियानमा असर पुग्छ ।’ पौडेलले भने– ‘सदस्यहरु पनि चिनेजति सबै सहकारीमा सदस्य बन्ने, ऋण लिनु पनि छैन, बचत गर्नु पनि छैन । चिनेका सञ्चालक सदस्यले भनेकै भरमा शेयर लियो । बोन पाए लियो, गयो । यसरी हुँदैन । संस्था कसरी चलिरहेको छ । गहिरिएर बुझ्न म आग्रह गर्दछु ।’
सहकारीका अध्यक्ष गोविन्दप्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा मादी गाउँपालिका ४ का वडाध्यक्ष शिवप्रसाद सापकोटा, पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित सदस्य रामप्रसाद कँडेल, मयुर बहुउद्देश्यीय सहकारीका अध्यक्ष मिनराज खड्का, कोअपरेटिभ म्यानेजर्स क्लबका सचिव मोहनप्रसाद अधिकारी लगायतले संस्थालाई शुभकामना दिएका थिए । कार्यक्रममा कोषाध्यक्ष सञ्जय पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक विशाल सुवेदीको लेखासमितिको प्रतिवेदनलाई बन्दसत्रमा पारित गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रकाश सुवेदीले गरेका थिए ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म