News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माको निधन

धादिङ । नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति सीतारामप्रसाद बर्माको आज बिहान उपचारका क्रममा ७९ वर्षका उमेरमा निधन भएको छ । किष्ट मेडिकल कलेज ग्वार्काे ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित हुनुहुन्थ्यो । उहाँले कोरोनाबाट भने विजय प्राप्त गर्नुभएको जनाइएको छ ।

राष्ट्रिय समाचार समिति(रासस) का धादिङ जिल्ला समाचारदाता बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउनुभएको थियो । करीब तीन दशकदेखि राससमा कार्यरत उहाँ राससबाट पनि सम्मानित हुनुभएको थियो । गोरखा पुख्र्याैली थलो भई धादिङलाई कर्मथलो बनाउनुभएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो ।