
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
पोखरा, १ कार्तिक । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधार पौडेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ढिला हुनु भनेको राष्ट्रले नोक्सान व्यहोर्नु भएकाले सञ्चालनमा देखिएका अवरोध छिटो समाधान गरी सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।
यहि पुस महिनामा सञ्चालनमा ल्याउने घोषणा गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार प्रमुख पौडेल सहितको सहितको टोलीले अवलोकन पश्चात् राष्ट्रिय गौरबको योजना अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्या समाधानका लागि छिटो पहल गरेर अघि बढ्नु पर्ने धारणा व्यक्त गरेका छन् । उनले एयरपोर्ट जति छिटो सञ्चालनमा ल्याउन सक्यो उति नै यसको प्रतिफल देश र पोखराले लिन सक्ने भन्दै सबैले साथ आवश्यक रहेको औंल्याए ।
विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थलको ९८.५ प्रतिशतका काम सकिएको जानकारी दिए । प्रमुख मुनाकर्मीले अझै विमानस्थल सञ्चालनका लागि रिठेपानी डाँडा कटान र एयरपोर्ट देखि दुईकिलोमिटरमा रहेको ल्यान्डफिल साइट, आयल निगम डिपो लगायतका केही समस्या समाधानको प्रक्रियामा रहेकाले यस विषयमा सम्बन्धित निकायबाट छिटो पहल भएमा आउँदो पुस १७ गते उडान सम्भव हुने उनको भनाई थियो ।
डाँडा कटान गरेर निस्किएको माटोले नै ल्यान्डफिल साइट पुरिने हुँदा त्यो समस्या पनि छिट्टै समाधान हुने र महानगरले पनि जग्गाको टुंगो लागेको र छिट्टै समाधान हुने आश्वासन आफूले पाएको मुनकर्मीले बताए । अनुगमनमा जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नबराज बराल सहित जिसस कास्कीका सदस्य तथा कर्मचारीहरूको सहभागिता थियो ।
एयरपोर्टको निर्माण कार्य सम्पन्न अगावै नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले २०७८ चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितीमा परराष्ट्रमन्त्री नारायण खड्कालाई एयरपोर्टको चाबी हस्तातरण गरेका थिए । यो विमानस्थल चीन सरकारको २२ अर्ब सहुलियत ऋणमा बनेको हो । सन् २०१७ नोभेम्बर १ मा काम सुरु भएको विमानस्थल निर्माण कम्पनीले २०२१ जुलाई १० मा सक्नुपर्ने थियो । तर, कोरोना महामारीको कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले निर्माण समय १ वर्ष थप गरेर बाँकी काम अगाडि बढाएको थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग