
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा, भदौ १३ । गण्डकी प्रदेशमा आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन विभिन्न राजनितिक दलका खेलकुद भातृ संगठनहरुले प्रतिवद्धता जनाएका छन् ।
प्रदेश खेलकुद परिषद, गण्डकीले आइतबार पोखरामा आयोजना गरेको सामुहिक सर्वपक्षिय भेलामा उनीहरुले यस्तो प्रतिवद्धता जाहेर गरेका हुन् । सो अवसरमा आफ्ना भनाई राख्दै नेपाली काँग्रेस निकट लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचनले वैचारिक आस्था जे भए पनि नवौं राष्ट्रिय सफल बनाउन सवैको सामुहिक उत्तरदायित्व रहेको बताए । उनले भने–“नवौं राष्ट्रिय सवै नागरिक र खेलप्रेमीहरुको साझा कार्यक्रम भएकोले यसलाई सफल बनाउनु समेत साझा जिम्मेवारी हो ।”
कार्यक्रममा सहभागि नेपाल खेलकुद महासंघ (समाजवादी)का पूर्ण लामाले नवौं सफल बनाउन सबैको उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेकोले खेलकुदको महाकुम्भमा राजनितिक कुराहरुलाई पन्छाएर सफल बनाउनु पर्ने बताए । उनले नवौं राष्ट्रिय खेलकुद सफल बनाउन पोखरा महानगर पालिकाको तर्फ बाट समेत सहयोगको खाँचो रहेको बताउँदै त्यसका लागि आफ्नो पार्टीकोतर्फबाट पहल हुने बताए ।
त्यसै गरी नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशका सचिवालय सदस्य रामचन्द्र गिरीले खेलकुद सवैको साझा र समानुपातिक अवधारणा अघि बढ्ने प्रसङ्ग अघि सार्दै ४० वर्ष पछि गण्डकीमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद सफल बनाउन खेलकुद महासंघले सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘हामी नवौं राष्ट्रिय खेलकुद सफल बनाउन यहाँ जुटेका छौं, यसले पनि समाजमा उत्कृष्ट सन्देश प्रवाहित हुने मात्रै नभई सवै नवौं सफल बनाउन साझा रुपमा अघि बढ्नेछन्’, उनले भने ।
सो अवसरमा आफ्ना भनाई राख्दै नेकपा माओवादी निकट अखिल नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशका जिवन खातीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लगायतका विगतमा भएका खेलकुद कार्यक्रममा गरिएका कमिकमजोरीहरुलाई सुधार गर्दै अघि बढ्नु पर्ने उल्लेख गरे । उनले भने–’हामीले खेलकुदलाई साझा रुपमा वुझ्न आवश्यक मात्रै छैन साझा कार्यक्रमका साथ अघि बढ्न पनि उत्तिकै महत्वपूर्ण छ ।’
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सवैको साझा कार्यक्रम र दायित्व बन्न सकोस भन्ने कुरालाई प्राथमिकतामा राखिएको कुरा औंल्याए । “हामी यति बेला जिल्ला जिल्लामा खेलाडी छनोटको प्रक्रियामा छौं । यहाँहरुको सवैको सहभागिताले नवौं सफल बनाउन ठूलो सहयोग हुनेछ । प्रदेश खेलकुद यहाँहरुलाई आ–आफ्नो ठाउँबाट उठेर सफल बनाउन आग्रह गर्दछु”, उनले भने ।
कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ र तारा माया थापा मगर, अखिल नेपाल खेलकुद महासंघ गण्डकीका संयोजक बलराम सुवेदी, लोकतान्त्रिक खेलकुद गण्डकीका उपाध्यक्ष विद्या मर्सानी, नेपाल खेलकुद महासंघका गण्डकीका सहसचिव बोधराज गिरीलगायतले नवौं राष्ट्रिय खेलकुद सफल बनाउन प्रतिवद्धता जनाएका थिए ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर