
१स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
८गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
९तनहुँमा बसको ठक्करबाट वृद्ध सम्मर रानाभाटको मृत्यु
१०लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
११उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
१२राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
६उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
७कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
८लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
९उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
१०आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
११मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
१२लागूऔषध र एसएलआरको गोलीसहित सागर थापा पक्राउ
पत्रकारले जबसम्म आफूलाई सुरक्षित भएको महसूस गर्दैन तबसम्म उसका अक्षर निडर हुन सक्दैनन्।
उन्नती चौधरी
महिला हिंसा हाम्रो समाजमा जरा गाडेर बसेको कुप्रथा जस्तै भएको छ। हुनत यस विषयमा पछिल्ला दिनमा बहस पैरवी नभएका होइनन्, तैपनि हिंसाको क्रममा रोकिन सकेको छैन। अझ हरेक वर्षको ८ मार्चमा त ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ नै मनाइन्छ।
यस वर्ष पनि केही साताअघि मात्रै यो दिवस मनाइसकिएको छ। आज मलाई नेपालको सञ्चारजगत्मा महिलाले भोग्नुपरेका हिंसाका सम्बन्धमा केही शब्द कोर्न मन लाग्यो।
पत्रकारिता सम्मानित पेशा हो। कलमको माध्यमबाट अरूलाई सुुसूचित गर्ने कर्ममा लागेका पत्रकार महिलाहरू भने आफ्नै सञ्चारगृहमा हिंसामा पर्ने गरेका थुप्रै उदाहरण छन्, भलै ती कति बाहिर आउँछन्, कति आउँदैनन् !
केही समयअघि एउटा कार्यक्रममा सहभागी हुँदा सात वटै प्रदेशका पत्रकार महिलासँग भलाकुसारी गर्ने मौका जुर्यो। कुराकानीका क्रममा मधेश प्रदेशकी एक सञ्चारकर्मी साथीले सबैको ध्यान आफूतर्फ केन्द्रित गरिन्। उनको शुरूआती रेडियोमा समाचार वाचन गरे जस्तो थियो। बोल्दाबोल्दै बीचैमा रोकिइन् र भनिन्, “स्टुडियोमा यसरी नै समाचार वाचन गरिरहँदा पछाडिबाट कोही पुरुष आएर च्याप्प हात समात्छ र मुसार्न थाल्छ भने कस्तो हुन्छ ?”
“हामी कुनै वेला यस्तो अवस्थामा हुन्छौं कि, आफूमाथि हिंसा भइरहँदा पनि प्रतिकार गर्न सक्दैनौं। मेरो हकमा यही भयो। स्टुडियोभित्र कसरी प्रतिकार गरूँ ! समाचार कक्षबाट बाहिर निस्केपछि भने एक थप्पड हानें,” उनी थप्छिन्, “प्रेम गर्ने अधिकार उसलाई छ, तर उसको प्रेम मलाई पनि त स्वीकार हुनुपर्यो नि ! ऊ मप्रति आकर्षित हुनु मेरो दोष होइन, उसले मलाई जुन व्यवहार गर्यो त्यो अपराध नै हो।” आफूमाथि भएको हिंसाबारे उनले कार्यालयमा पनि जानकारी गराइन्, तर त्यसको प्रतिफल तलब रोक्का भयो।
“प्रेम गर्ने अधिकार उसलाई छ, तर उसको प्रेम मलाई पनि त स्वीकार हुनुपर्यो नि ! ऊ मप्रति आकर्षित हुनु मेरो दोष होइन, उसले मलाई जुन व्यवहार गर्यो त्यो अपराध नै हो।”
अर्को कुनाबाट बोल्ने साथीको समस्या पनि उस्तै थियो। उनी अन्तर्वार्ता लिन एक मन्त्रीकहाँ पुगिन्। कुराकानी शुरू भयो। ‘सन्चै हुनुहुन्छ सर ?’ ‘सन्चै छु।’ यति संवाद मात्र के भएको थियो मन्त्रीले उल्टै प्रश्न गरे, ‘नानी तिम्रो ब्वाइफ्रेन्ड छ ?’ त्यसपछि उनी अन्तर्वार्ता नै नलिईकन हिंडिन्।
उनले अर्को पनि अनुभव साटिन्-समाचार सङ्कलनार्थ रात बस्ने गरी अर्को जिल्ला जानुपर्ने भयो। साथमा पुरुष सहकर्मी थिए। एक होटलमा अलग–अलग कोठा लिएर बसे। राति उक्त सहकर्मीले फोन गरेर भने, ‘तिमीलाई चिसो भएन रु’ उनले ‘छैन’ भनेर जवाफ फर्काइन्। केटोले ‘मलाई त बहुतै चिसो हुँदै छ’ भन्यो। उनले सिरक ओढेर सुत्न सुझाइन्। यसपछि भने केटोले ‘तताउनलाई सिरक होइन, तिमी चाहियो’ भन्यो। अनि उनीसँग मोबाइल ‘स्वीच अफ’ गर्नु बाहेक अरू विकल्प रहेन।
यस्तै, अर्की पत्रकार साथीले पुरुष सहकर्मीको मोटरसाइकलको पछाडि बसेर रिपोर्टिङमा हिंड्दाको अनुभव सुनाइन्। गर्मी मौसम थियो, उनले आफ टी-सर्ट र म्याडी (स्कट) लगाएकी थिइन्। रिपोर्टिङको गन्तव्य पुग्नुअघि बाटोमा सानो जङ्गल पर्थ्यो। जङ्गलमा पुगेपछि उसले केही कुरा सोध्न अनुमति माग्यो र भन्यो, “तिम्रो वक्षस्थल कति राम्रो छ है ? गुब्बाराको जस्तै !” यसपछि उनले मोटरसाइकल त्यहीं रोक्न भनिन् र झरेर गन्तव्यतर्फ लागिन्।
यी माथिका घटना केही उदाहरण मात्र हुन्। मोफसलमा काम गर्दाका अनेकौं दुःख छन्–केटासाथी बनाऊँ सहनै नसक्ने मानसिक तनाव, नबनाऊँ सूचनाबाटै वञ्चित भइने अवस्था।
यो पङ्क्तिकारसँग पनि यस्ता थुप्रै घटना छन् जसले कहिलेकाहीं आफ्नो पेशाप्रति नै वितृष्णा जगाउँछ। केही दिन पहिले फेसबूक म्यासेन्जरमा एक जना सहकर्मी जोडिन आइपुगे। दुईरचार दिन राम्रै कुराकानी भयो। तर, बिस्तारै उसको व्यवहार परिवर्तन हुँदै गयो, अश्लील बन्दै गयो। अन्त्यमा ऊसँग छुटकारा पाउन आफूलाई ‘तेस्रोलिङ्गी हुँ’ भन्नुपरेको थियो।
यस्ता खालका तनाव झेल्नु हामी महिलाहरूलाई सामान्य भइसकेको छ। एक दिन मीठो के बोल्नुपर्छ पुरुषको नजर स्तन र योनिमै केन्द्रित भइदिन्छ। आवाजविहीनहरूको आवाज भनिने पत्रकारमाथि त यस्तो दुर्व्यवहार हुन्छ भने साँच्चै ती आवाजविहीनहरूको अवस्था झन् के होला रु
वरिष्ठ पत्रकार बबिता बस्नेत विश्वका अन्य मुलुकमा झैं नेपालमा पनि पत्रकारमाथि सुरक्षा चुनौती रहेको बताउँछिन्। त्यसमा पनि महिला पत्रकार झनै असुरक्षित रहेको उनको धारणा छ। “कतिपय पत्रकार महिलालाई घरपरिवार र समाजले पत्रकारिता गर्नै असहयोग गरिरहेको सुनिन्छ। कतिपय आफू कार्यरत सञ्चार माध्यमको कार्यालयमै असुरक्षित भएको महसूस गर्छन्। घरदेखि कार्यस्थल र कार्यस्थलदेखि सूचना तथा घटनाका स्रोतसम्म पुग्दा उनीहरूले सुरक्षा चुनौती झेल्नुपर्ने अवस्था छ। तर पनि, पत्रकार महिलाले भोगिरहेका समस्या बाहिर आउँदैनन्। यसमा हाम्रो पितृसत्तात्मक सोचको समाज दोषी छ,” उनि भन्छिन्।
पत्रकार मात्र होइन, समाजको जुनसुकै क्षेत्रमा काम गर्ने महिला, पुरुष वा अन्य जो कोही हिंसारहित वातावरणमा बाँच्न पाउनुपर्छ । अनि मात्र पितृसत्तात्मक सोच र समाजबाट मुक्त हुँदै महिलाहरू पुरुषको समकक्षीको रूपमा आत्मसम्मानपूर्वक काम गर्न सक्नेछन् ।
सन् २०१२ देखि पत्रकारको सुरक्षा तथा दण्डहीनता सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्ययोजना कार्यान्वयन भइरहेको छ। उक्त कार्ययोजनाको परीक्षण कार्यान्वयन इराक, पाकिस्तान, दक्षिण सुडान र नेपाल गरी विश्वका चार मुलुकमा भइरहेको छ। पत्रकारका लागि स्वतन्त्र र सुरक्षित वातावरण सिर्जना गर्न सहयोग पुर्याउने लक्ष्यका साथ यस कार्ययोजनामा सरकार, गैरसरकारी संस्था, नागरिक समाज, सञ्चार माध्यम, प्राज्ञिक क्षेत्र तथा अन्तरसरकारी संस्था राष्ट्रसंघका सरोकारवाला साझेदार छन्।
कार्ययोजनाले राम्रो कानूनी व्यवस्था, कानूनको पालना, सञ्चारकर्मीलाई सहयोग पुर्याउने न्यायिक संयन्त्र निर्माण, पत्रकार सुरक्षा कोष, संवाद तथा सद्भाव क्रियाकलाप, राष्ट्रिय चेतना अभियान, लैङ्गिक दृष्टिले संवेदनशील कार्यपद्धति, सुरक्षा सम्बन्धी तालीमको व्यवस्था, पाठ्यक्रम र तालीम निर्देशिकाको तयारी जस्ता कामलाई प्राथमिकता दिएको छ। तर, यी कार्ययोजनाबारे नेपालका आम पत्रकारलाई जानकारी समेत छैन।
पत्रकारले जबसम्म आफूलाई सुरक्षित भएको महसूस गर्दैन तबसम्म उसका अक्षर निडर हुन सक्दैनन्। यसर्थ सरकारले पत्रकारको शारीरिक, मानसिक, व्यावसायिक, पेशागत, आर्थिक र भौतिक सबै किसिमको सुरक्षाको ग्यारेन्टी हुने नीति ल्याउनुपर्छ।
पत्रकार मात्र होइन, समाजको जुनसुकै क्षेत्रमा काम गर्ने महिला, पुरुष वा अन्य जो कोही हिंसारहित वातावरणमा बाँच्न पाउनुपर्छ। अनि मात्र पितृसत्तात्मक सोच र समाजबाट मुक्त हुँदै महिलाहरू पुरुषको समकक्षीका रूपमा आत्मसम्मानपूर्वक काम गर्न सक्नेछन्।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो