
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
पोखरा, २५ चैत । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको अध्यक्षमा सुनिल पाण्डे निर्वाचित भएका छन् । यसअघि उनी समितिको महासचिव थिए । २५ औं साधारणसभा तथा १३ औं अधिवेशनले २ सदस्यपछि मनोनयन गर्ने गरी १३ सदस्यीय समिति निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा निर्मला कोइराला, महासचिव ठाकुर बराल, सचिव विन्ध्यश्वरी बराल र कोषाध्यक्ष कमलप्रसाद न्यौपाने छन् । त्यसैगरी सदस्यहरुमा श्रीराम आचार्य, विष्णुप्रसाद पौडेल, दिलीप दोषी, विष्णुप्रसाद तिमिल्सिना, त्रिभुवन बराल, मिलन प्रतीक, अर्जुन भण्डारी र रामप्रसाद आचार्य छन् ।
गोबिन्द पौडेल संयोजक र गीताकुमारी लामिछाने सदस्य रहेको निर्वाचन समितिले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो । संस्थाका अध्यक्ष विष्णुहरि अधिकारीको अध्यक्षतामा भएको सभामा वरिष्ठ अधिवक्ता भूपनिधि पन्तले संस्थाले सम्पदा संरक्षणमा गरेको योगदान उल्लेखनीय रहेको बताएका थिए । वरिष्ठ अधिवक्ता तिलक पराजुलीले महाकाली बचाऊदेखि आएकाले परिस्थिति अनुसार भूमिका निर्वाह गर्न आग्रह गरे ।
साधारणसभाले संस्थाको महासचिव सुनिल पाण्डेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष ठाकुरप्रसाद बरालको आर्थिक प्रतिवेदन पारित गरेको छ । राष्ट्रिय सम्पदा ०४८ मा महाकाली बचाउ अभियानबाट सुरु भएको हो ।
औपचारिक रुपमा ०६३ मा दर्ता भएको संस्थाले मानवअधिकार रक्षा, सीमा समस्या र सम्पदा संरक्षणका लागि खबरदारी गर्दै आएको छ । नवनिर्वाचित अध्यक्ष पाण्डेले संस्थाको गरिमालाई अझ उचो बनाउने गरी कार्ययोजना बनाइने र उत्पन्न हुने परिस्थिति अनुसार भूमिका निर्वाह गर्ने प्रतिवद्धता गरे ।
उनले भने, ‘मानवअधिकार संरक्षण र सीमा समस्या समाधान र सम्पदा संरक्षणका लागि निरन्तर खबरदारी गर्छाैं । यो क्षेत्रमा क्रियाशील थप व्यक्तित्वलाई संस्थामा आवद्ध गराई सरोकारवालालाई समस्या समाधानका लागि दबाब सिर्जना गर्ने छौं ।’
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर