
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
टीकापुर । सुदूरपश्चिममा पहिलो पटक केरा पकाउने च्याम्बर उद्योग सञ्चालनमा आएको छ । उद्योग टीकापुर २ बन्दीपुरमा सञ्चालन भएको हो । करिब ३०÷३० टनका ५ वटा चेम्बर मार्फत् केरा पकाउन सकिनेछ । उद्योगले यतिखेर परीक्षण गरिरहेको छ । साढे ३ करोडको लगानीमा उद्योग सञ्चालन भएको उद्योगका प्रबन्ध निर्देशक वीरेन्द्र ढुङ्गानाले जानकारी गराउनुभयो ।
उद्योगमा रानी जमरा सिँचाइ आयोजनाले रु. एक करोड ९० लाख आठ हजार ५ सय ९१ अनुदान सहयोग गरेको छ । ‘‘केरा पकाउन विषादीको प्रयोग हुने गरेको थियो अब उपभोक्ताले विषादी रहित च्याम्बरमा पकाएको स्वस्थ केरा खान पाउने भएका छन्’’, उद्योगका निर्देशक ढुङ्गानाले भन्नुभयो, ‘‘थोरै केरा उत्पादन गर्ने कृषकलाई पनि प्रत्यक्ष लाभ हुन्छ ।’’ उहाँले च्याम्बरमा १६ देखि २३ डिग्री सेल्सियस तापक्रममा चार दिनमा केरा पकाउने सकिने बताउनुभयोे । ‘‘टीकापुर क्षेत्रमा उत्पादन हुने सबै केरा च्याम्बरमा पकाएर बिक्री गर्ने वातावरण मिलाउँदैछौँ, एक दर्जन केरा पकाउन रु. ३ देखि ५ खर्च लाग्छ’’, ढुङ्गानाले भन्नुभयो, ‘‘च्याम्बरमा माइनस दुई डिग्री सेल्सियससम्मको व्यवस्था भएकाले कोल्ड स्टोरकारुपमा पनि प्रयोग गर्छाैँ ।’’
उहाँले आँप, गोलभेडा र मेवा पनि पकाउनुका साथै उत्पादित तरकारी भण्डारण गर्न पनि सकिने भएकाले च्याम्बरलाई बहुउद्देश्यीयरुपमा प्रयोग गर्ने योजना बनाएको बताउनुभयो । कर्णाली कृषि सेवा प्रालीको नाममा सञ्चालित च्याम्बर सञ्चालनमा आएपछि केरा खेती गर्ने किसान र उपभोक्ता खुसी भएका छन् । ‘‘सञ्चालन भएपछि उपभोक्ता, केरा उत्पादक र व्यवसायीलाई प्रत्यक्ष फाइदा पुग्छ’’, केरा उत्पादक किसान टेकेन्द्र धामीले भन्नुभयो, ‘‘विषादीको युग समाप्त भएको मान्नुपर्छ र साना किसानलाई बजारको समस्या हुँदैन, अर्काेतर्फ व्यापारी पनि ठगिने समस्या हट्छ ।’’
‘‘च्याम्बरमा पकाएको केरा एक हप्तासम्म टिक्छ भने विषादी प्रयोग गरेको केरा ३÷४ दिनसम्म मात्र टिक्छ’’, धामीले भन्नुभयो, ‘‘ च्याम्बरलाई बहुउद्देश्यीयरुपमा प्रयोग गर्न बजारको खोजी गर्नुपर्छ ।’’ पछिल्लो समय टीकापुर क्षेत्रलाई केराको पकेट क्षेत्रकारुपमा विकास गर्न थालिएको छ । यहाँ करिब ७ सय हेक्टर जग्गामा केरा खेती हुने गरेको छ । यहाँ उत्पादन भएको केरा देशका विभिन्न जिल्लामा बिक्री हुने गरेको छ । रानी जमरा कुलरिया सिँचाई आयोजना कृषितर्फका प्रमुख भरत कँडेल च्याम्बर सञ्चालनपछि किसानलाई मात्र नभइ उपभोक्ताको स्वास्थ्यका लागि पनि फाइदाजनक हुने बताउनुभयो । ‘‘मानव स्वास्थ्यमैत्री ग्याँस प्रयोगबाट केरा पकाइने भएकाले यसमा पकाइएको केरा स्वास्थ्यका लागि फाइदाजनक छ’’, कँडेलले भन्नुभयो, ‘‘च्याम्बरमा आवश्यकताअनुसार केरा छिटो र ढिलो पकाउन सकिन्छ ।’’
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण