
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
पोखरा । पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा समेत खेलकूदका भौतिक पूर्वाधार निर्माण गरिएका छन् । सङ्घ, प्रदेश तथा स्थानीय सरकारले खेल पूर्वाधार निर्माणमा लगानी गरेका हुन् । ग्रामीण क्षेत्रमा विद्यालयका खेल मैदानलाई समेत स्तरोन्नति गरी फुटबल तथा भलिबल खेल खेल्न योग्य बनाइएको छ ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बजेटबाट गत आर्थिक वर्ष २०७६/७७ मा जिल्लाका विभिन्न १६ खेल मैदान निर्माण तथा स्तरोन्नति गरिएका जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो ।
ती पूर्वाधारका लागि गत वर्ष रु दुई करोड २० लाख हाराहारीमा लगानी भएको बताइन्छ । भलिबल, फुटबललगायतका खेललाई प्राथमिकता दिएर पूर्वाधार निर्माण भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “सरकारले विद्यालयस्तरदेखि नै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य लिएको छ, सोही अनुसार सम्भाव्य स्थलदेखि विद्यालयका खेलमैदानसमेत स्तरोन्नति गरेर गाउँ गाउँमा पूर्वाधार निर्माण भइरहेका छन् ।”
पोखरा महानगरपालिका-२३ बाम्दीमा रु ५० लाख लागतमा भलिबल कोर्टसहित एक हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिएको छ । कोर्ट निर्माणबाट खेलकूद गतिविधि बढ्ने विश्वास जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुली बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पोखरा महानगरकै वडा भए पनि दुर्गम क्षेत्रमा निर्माण गरिएको भलिबल खेल पूर्वाधारले गाउँमा समेत खेलकूदको माहोल बढाउने विश्वास लिएका छौँ ।” भलिबल कोर्ट निर्माणमा वडा कार्यालयले जमिन उपलब्ध गराएको र स्थानीयवासीले श्रमदान गरेको बताइन्छ ।
त्यसैगरी पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ को घान्द्रुकमा आइअल्टिच्युड खेल मैदान निर्माण गरिएको छ । राखेपले गत वर्ष उपलब्ध गराएको रु ५० लाख बजेटबाट सो मैदान निर्माण गरिएको हो । घान्द्रुकको मेश्रम बराह माध्यमिक विद्यालयको खेल मैदान स्तरोरन्नति गरी हाइअल्टिच्युड फुटबल मैदान निर्माण गरिएको हो । उच्च पर्वतीय खेलकूदका माध्यमबाट खेल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।
जिल्ला खेलकूद विकास समितिका अनुसार गत आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिका-११ छोम्रोङमा रु १५ लाख लागतमा खेलमैदान निर्माण गरिएको छ । अन्नपूर्णकै वडा नं १ को सिर्जना माविमा रु आठ लाखमा खेलमैदान, पोखरा-१४ मझेरीपाटनमा रु आठ लाख लगानीमा सामुदायिक व्यायामशाला, पोखरा-३१ मा रु आठ लाखमा बेगनास खेलकूद मैदान, पोखरा-१६ मा रु आठ लाख लागतमा बाटुलेचौर खेल मैदान र पोखरा-३३ को शिशु कल्याण माध्यमिक विद्यालयमा खेल मैदान स्तरोन्नति गरिएको छ ।
यसैगरी पोखरा-२१ र पोखरा-१३ मा रु आठ/आठ लाख लगानीमा खेल मैदान निर्माण गरिएको छ । पोखरा-२४ र पोखरा-१८ सराङकोटस्थित शान्त माध्यमिक विद्यालयमा रु पाँच/पाँच लाख लागानीमा खेल मैदान निर्माण गरिएको बताइन्छ ।
पोखरा–२२ को उल्लेखरी खेल मैदान, वडा नं १८ मा सेती खेलमैदान, माछापुच्छ्रे-२ मा गैराखरी र पोखरा-१९ को काउरे खेल मैदानका लागि रु आठ/आठ लाख लगानी भएको कार्यालय प्रमुख बरालले जानकारी दिनुभयो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु