
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
काठमाडौँ । शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक बसेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रबार पूर्ण बैठक राख्दै इजलास बिहान ११ बजे बाटै बस्ने निर्णय गराएका छन् ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनको संयुक्त आन्दोलनका कारण इजलास मध्यान्ह १२ बजेपछि मात्रै बस्ने गरेको थियो । शुक्रबारको फुलकोर्टले इजलास बिहान ११ बजे बाटै बस्ने निर्णय गरेको छ ।
बारले सर्वोच्च अदालत परिसरभित्रै मध्यान्ह १२ बजेसम्म आन्दोलन गरेको कारण इजलास १२ बजे अगाडि इजलास बस्न सकेको थिएन । बारले आन्दोलनको स्वरुप परिवर्तन गर्दै बारकै प्राङ्गणमा आन्दोलन गर्न थालेपछि सर्वोच्चले इजलास बिहान ११ बजेबाट राख्न लागेको हो ।
त्यसैगरी न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको न्यायपालिका सुधारका प्रतिवेदन कार्यान्वयनमा लैजान गर्नुपर्ने काम गर्ने पनि फुलकोर्टमा सहमति भएको छ ।
छलफलमा सहभागी एक न्यायाधीशकाअनुसार गोला प्रणाली गर्दा हेर्न नमिल्ने न्यायाधीशकोमा पर्ने मुद्दालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि प्रशासनलाई जिम्मेवारी दिने र पूर्ण स्वचालित गोलाप्रणालीमा जानका लागि आवश्यक नीति तयार गर्न यसअघि बनेको समितिले चाँडै प्रतिवेदन दिने पनि सहमति भएको छ ।
पूर्ण स्वचालितरुपमै पेशी व्यवस्थापन गर्ने सम्बन्धी विषयमा अध्ययन गर्न न्यायाधीश हरिकृष्ण कार्कीकै नेतृत्वमा समिति बनेको थियो । उक्त समितिले प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाउने भनिएपनि सर्वोच्च अदालतमा द्वन्द्व बढेपछि उक्त प्रतिवेदन बुझाइएको थिएन ।
उक्त समितिले गरेको अध्ययनको प्रतिवेदन पनि तत्कालै उपलब्ध गराउन भनिएको र प्रतिवेदन र सुझावका आधारमा अगाडि बढ्ने सहमति भएको छ । फुलकोर्ट बैठकमा संवैधानिक इजलास गठन र सञ्चालनका सम्बन्धमा भने कुनै कुरा भएको छैन ।
यस विषयमा बुधबार अगावै छलफल गरी केही निर्णय गर्ने बताइएको छ । यद्यपि न्यायपालिका सञ्चालनका लागि नियमित काम तत्कालै सुरु गर्ने सम्बन्धमा भने फुलकोर्टमा छलफल भएको छ । कामु प्रधानन्यायाधीशका रुपमा दीपककुमार कार्कीले कार्यभार सम्हालेलगत्तै आइतबारका लागि न्याय सेवा आयोगको बैठक राखिएको छ ।
उक्त बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्चका वरिष्ठतम् न्यायाधीशका रुपमा मीरा खड्का, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती लगायतलाई यसबारे जानकारी दिइसकिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए ।
आइतबार अपरान्ह १ः ३० बजेका लागि डाकिएको आयोगको बैठकको एजेण्डा जिल्ला न्यायाधीशहरुको नतिजा प्रकाशनमा सम्बन्धमा रहेको छ । आयोगले लिखित परीक्षाबाट उत्तीर्ण भएर आउने गरी १८ जना जिल्ला न्यायाधीशमा प्रतिष्पर्धा गराएको थियो ।
२०७८ साउनका खाली २३ जना जिल्ला न्यायाधीशमध्ये ५ जना जिल्ला न्यायाधीश भने वरिष्ठता र योग्यताका आधारमा आन्तरिक बढुवाबाट नियुक्ति गरिनेछ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर