
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
काठमाडौँ । शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठक बसेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले शुक्रबार पूर्ण बैठक राख्दै इजलास बिहान ११ बजे बाटै बस्ने निर्णय गराएका छन् ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनको संयुक्त आन्दोलनका कारण इजलास मध्यान्ह १२ बजेपछि मात्रै बस्ने गरेको थियो । शुक्रबारको फुलकोर्टले इजलास बिहान ११ बजे बाटै बस्ने निर्णय गरेको छ ।
बारले सर्वोच्च अदालत परिसरभित्रै मध्यान्ह १२ बजेसम्म आन्दोलन गरेको कारण इजलास १२ बजे अगाडि इजलास बस्न सकेको थिएन । बारले आन्दोलनको स्वरुप परिवर्तन गर्दै बारकै प्राङ्गणमा आन्दोलन गर्न थालेपछि सर्वोच्चले इजलास बिहान ११ बजेबाट राख्न लागेको हो ।
त्यसैगरी न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको न्यायपालिका सुधारका प्रतिवेदन कार्यान्वयनमा लैजान गर्नुपर्ने काम गर्ने पनि फुलकोर्टमा सहमति भएको छ ।
छलफलमा सहभागी एक न्यायाधीशकाअनुसार गोला प्रणाली गर्दा हेर्न नमिल्ने न्यायाधीशकोमा पर्ने मुद्दालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि प्रशासनलाई जिम्मेवारी दिने र पूर्ण स्वचालित गोलाप्रणालीमा जानका लागि आवश्यक नीति तयार गर्न यसअघि बनेको समितिले चाँडै प्रतिवेदन दिने पनि सहमति भएको छ ।
पूर्ण स्वचालितरुपमै पेशी व्यवस्थापन गर्ने सम्बन्धी विषयमा अध्ययन गर्न न्यायाधीश हरिकृष्ण कार्कीकै नेतृत्वमा समिति बनेको थियो । उक्त समितिले प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाउने भनिएपनि सर्वोच्च अदालतमा द्वन्द्व बढेपछि उक्त प्रतिवेदन बुझाइएको थिएन ।
उक्त समितिले गरेको अध्ययनको प्रतिवेदन पनि तत्कालै उपलब्ध गराउन भनिएको र प्रतिवेदन र सुझावका आधारमा अगाडि बढ्ने सहमति भएको छ । फुलकोर्ट बैठकमा संवैधानिक इजलास गठन र सञ्चालनका सम्बन्धमा भने कुनै कुरा भएको छैन ।
यस विषयमा बुधबार अगावै छलफल गरी केही निर्णय गर्ने बताइएको छ । यद्यपि न्यायपालिका सञ्चालनका लागि नियमित काम तत्कालै सुरु गर्ने सम्बन्धमा भने फुलकोर्टमा छलफल भएको छ । कामु प्रधानन्यायाधीशका रुपमा दीपककुमार कार्कीले कार्यभार सम्हालेलगत्तै आइतबारका लागि न्याय सेवा आयोगको बैठक राखिएको छ ।
उक्त बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्चका वरिष्ठतम् न्यायाधीशका रुपमा मीरा खड्का, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती लगायतलाई यसबारे जानकारी दिइसकिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए ।
आइतबार अपरान्ह १ः ३० बजेका लागि डाकिएको आयोगको बैठकको एजेण्डा जिल्ला न्यायाधीशहरुको नतिजा प्रकाशनमा सम्बन्धमा रहेको छ । आयोगले लिखित परीक्षाबाट उत्तीर्ण भएर आउने गरी १८ जना जिल्ला न्यायाधीशमा प्रतिष्पर्धा गराएको थियो ।
२०७८ साउनका खाली २३ जना जिल्ला न्यायाधीशमध्ये ५ जना जिल्ला न्यायाधीश भने वरिष्ठता र योग्यताका आधारमा आन्तरिक बढुवाबाट नियुक्ति गरिनेछ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग