
१२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
९विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१०अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
काठमाडौँ, ५ फागुन । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु गरेको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि आज आयोगमा तीनवटा राजनीतिक दल दर्ता भएका छन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन–२०७३, राजनीतिक दलसम्बन्धी नियमावली–२०७४ तथा प्रचलित सङ्घीय कानूनबमोजिमका प्रावधान पालना गर्ने शर्तमा जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीनवटा राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ ।
आयोगमा आज आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म दर्ता हुने राजनीतिक दलको सङ्ख्या १०६ पुगेको जानकारी दिनुभयो । यसअघि दर्ता भएका राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि यही फागुन १५ गतेभित्र आयोगमा दर्ता गर्न आज सूचना प्रकाशन गरिएको छ ।
आयोगले निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गरेको छ । सम्बन्धित पालिकामा कार्यरत जनशक्तिलाई सोही पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा परिचालन गरी निर्वाचनलाई मितव्ययी बनाउन प्रयास गरिएको उहाँले बताउनुभयो ।
मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेसन र लागत अनुमान स्वीकृत गरी ‘ई–बिडिङ’को माध्यमबाट खरिद प्रक्रिया अगाडि बढाइएको तथा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीको स्पेसिफिकेशन स्वीकृत गरिएको आयोगले जनाएको छ ।
यस्तै जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनका लागि न्यायपरिषद्सँग परामर्श गरी तथा न्याय सेवाका राजपत्राङ्कित अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गर्ने प्रयोजनका लागि न्याय सेवा आयोगसँग परामर्श गरी यही फागुन १५ सम्ममा नामावली उपलब्ध गराउन कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पत्राचार गरिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृतमा नियुक्ति गर्न नेपाल प्रशासन सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतको नामावली उपलब्ध गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग अनुरोध गरिएको उहाँले बताउनुभयो ।
स्थानीय तह आर्थिक कार्यविधि, २०७८ तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको आयोगले जनाएको छ । निर्वाचन प्रचार–प्रसार तथा मतदाता शिक्षा कार्यक्रमका लागि आयोगले उत्पादन गर्ने निर्वाचन गीत सन्देशमूलक सन्देश, संवादमूलक सन्देश, लघुकथा आदि लेखनका लागि प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्न सूचना प्रकाशन गरिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । आयोगले उत्कृष्ट सिर्जनालाई पुरस्कृत गर्ने घोषणासमेत गरेको छ ।
स्थानीय तहको निर्वाचनमा अन्तर्राष्ट्रिय सहायता प्राप्तिका लागि बुधबार विकास साझेदार समन्वय बैठक सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । बैठकमा नेपालस्थित विभिन्न २० कूटनीतिक नियोग एवं विकास साझेदारका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको आयोगले जनाएको छ ।
आयोगले ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ नाराका साथ यही फागुन ६, ७ र ८ गतेसम्म आयोजना हुने छैटौँ निर्वाचन दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउन सबैमा अनुरोधसमेत गरेको छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ