
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
६प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
जलेश्वर । भनिन्छ ! दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ । यस कुरालाई डालो, नाङ्लो र टपरी बनाउन जुटेको महोत्तरीको डोम समुदायले चरितार्थ गरेको छ । अधिकांश तराईवासी हिन्दू धर्मालवम्बीको प्रमुख पर्व छठपर्वको दुई साता मात्रै बाँकी रहेका बेला सधैँ खान, लाउन धौधौ पर्ने डोम जातिको मुहारमा पनि हाँसो र मनमा उल्लास छाएको छ । गरीबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षौंभरि गाउँगाउँमा सुँगुर डो¥याएर चहार्ने डोम समुदायलाई अहिले छठ नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन भ्याइनभ्याइ भएको छ ।
गाँस, बास र कपासकै जोरजाममा पुस्तौँसम्म हम्मेहम्मे पर्ने गरेको डोमले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको मनरासिस्वा नगरपालिकाका ५५ वर्षीय राजहदेव डोमले बताउनुभयो । गाउँ, शहरमा हुने भोजभतेरबाट जुठोसमेत ल्याएर सपरिवार खाने गरेको डोमले कात्तिकमा नानाथरीका परिकार पकाएर खाने गरेको सोही ठाउँकी ६० वर्षीया देवनी डोमिनले बताउनुभयो । डालो बुन्दै गर्नुभएका गौशाला नगरपालिकाकी ६५ वर्षीया मरनी डोमिनले गहभरि आँशु लिएर भन्नुभयो, “मालिक, कात्तिक लाग्नेबितिक्कै घरका शिशुदेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्गो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ, बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निकै खुशी हुन्छौँ ।” वर्षभरि काम नचल्नाले भने फेरि केही दिनपछि दुःख थपिन्छ ।
प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाट बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अघ्र्य दिनुपर्ने भएकाले प्रत्येक परिवारले बाँसका पाँचसात भाडाकुँडा किन्नुपर्छ ।
छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वास सम्सी गाउँपालिकाका ६० वर्षीय बुधवा डोमले व्यक्त गर्नुभयो । आफूहरुले सोही कारण दिनरात बर्तालुका निम्ति बाँसका भाँडा बनाउने गरेको उहाँले सुनाउनुभयो ।
त्यस्तै जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर कात्तिकभरिमा वर्षभरिकै सबै कर्जा ऋण चुक्ता गरेर आउने छौँ महिनाको खर्चबर्चको जोहो गर्न जति कमाइ हुने गरेको बताउनुभयो ।
भङ्गहा नगरपालिकाका भरोसिया डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु ४०/४५ देखि ६०/६५ हजार र प्रत्येक परिवारले रु तीन÷चार लाखको हाराहारीमा आम्दानी गर्ने गरेको बताउनुभयो । अहिले जिल्लाको प्रत्येक पालिकाका गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ । परिवारका सबै बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् ।
हरेक वर्ष छठपर्व मनाउने वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकँुडा पु¥याउन डोम जातिलाई सकस भएको छ । डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याइनभ्याइ भएको छ । पछिल्ला केही वर्षदेखि तराईमा मात्रै नभएर देशको राजधानी काठमाडौँसहित पोखरा, हेटाँैडाजस्ता पहाडी क्षेत्रमा पनि छठपर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकँुडा निर्यात हुने अवस्था पनि सिर्जना भएको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ