
१पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, विचौलिया पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
४समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
५संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
६‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
७लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
८बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
९आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१०अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
११राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१२राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
९सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
११पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१२कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
जलेश्वर । भनिन्छ ! दुखियाको हाँसोमा ईश्वरको बास हुन्छ । यस कुरालाई डालो, नाङ्लो र टपरी बनाउन जुटेको महोत्तरीको डोम समुदायले चरितार्थ गरेको छ । अधिकांश तराईवासी हिन्दू धर्मालवम्बीको प्रमुख पर्व छठपर्वको दुई साता मात्रै बाँकी रहेका बेला सधैँ खान, लाउन धौधौ पर्ने डोम जातिको मुहारमा पनि हाँसो र मनमा उल्लास छाएको छ । गरीबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षौंभरि गाउँगाउँमा सुँगुर डो¥याएर चहार्ने डोम समुदायलाई अहिले छठ नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन भ्याइनभ्याइ भएको छ ।
गाँस, बास र कपासकै जोरजाममा पुस्तौँसम्म हम्मेहम्मे पर्ने गरेको डोमले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको मनरासिस्वा नगरपालिकाका ५५ वर्षीय राजहदेव डोमले बताउनुभयो । गाउँ, शहरमा हुने भोजभतेरबाट जुठोसमेत ल्याएर सपरिवार खाने गरेको डोमले कात्तिकमा नानाथरीका परिकार पकाएर खाने गरेको सोही ठाउँकी ६० वर्षीया देवनी डोमिनले बताउनुभयो । डालो बुन्दै गर्नुभएका गौशाला नगरपालिकाकी ६५ वर्षीया मरनी डोमिनले गहभरि आँशु लिएर भन्नुभयो, “मालिक, कात्तिक लाग्नेबितिक्कै घरका शिशुदेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्गो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ, बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निकै खुशी हुन्छौँ ।” वर्षभरि काम नचल्नाले भने फेरि केही दिनपछि दुःख थपिन्छ ।
प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतकै चोयाबाट बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अघ्र्य दिनुपर्ने भएकाले प्रत्येक परिवारले बाँसका पाँचसात भाडाकुँडा किन्नुपर्छ ।
छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वास सम्सी गाउँपालिकाका ६० वर्षीय बुधवा डोमले व्यक्त गर्नुभयो । आफूहरुले सोही कारण दिनरात बर्तालुका निम्ति बाँसका भाँडा बनाउने गरेको उहाँले सुनाउनुभयो ।
त्यस्तै जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर कात्तिकभरिमा वर्षभरिकै सबै कर्जा ऋण चुक्ता गरेर आउने छौँ महिनाको खर्चबर्चको जोहो गर्न जति कमाइ हुने गरेको बताउनुभयो ।
भङ्गहा नगरपालिकाका भरोसिया डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु ४०/४५ देखि ६०/६५ हजार र प्रत्येक परिवारले रु तीन÷चार लाखको हाराहारीमा आम्दानी गर्ने गरेको बताउनुभयो । अहिले जिल्लाको प्रत्येक पालिकाका गाउँगाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ । परिवारका सबै बाँस र बेतका चोयाबाट सामग्री बनाउन व्यस्त देखिन्छन् ।
हरेक वर्ष छठपर्व मनाउने वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकँुडा पु¥याउन डोम जातिलाई सकस भएको छ । डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याइनभ्याइ भएको छ । पछिल्ला केही वर्षदेखि तराईमा मात्रै नभएर देशको राजधानी काठमाडौँसहित पोखरा, हेटाँैडाजस्ता पहाडी क्षेत्रमा पनि छठपर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकँुडा निर्यात हुने अवस्था पनि सिर्जना भएको छ ।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ