News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट कसैको मृत्यु भएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार मृत्युदर शून्य देखिएको छ । अघिल्लो दिन कोरोनाबाट ४ जनाले ज्यान गुमाएका थिए ।

यस्तै पछिल्लो २४ घण्टामा २० हजार ९५९ जनामा कोरोना परीक्षण गर्दा जम्मा ३८२ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २५२ जना निको भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमित ४ हजार ९६९ जना रहेका छन् ।