
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
पोखरा, १८ पुस । मातृभूमि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालक समिति, लेखा समिति, तथा विभिन्न उपसमितिका पदाधिकारी तथा सदस्यहरूलाई लक्षित गरी दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।
क्षमता अभिवृद्धि तालिमका मुख्य प्रशिक्षक तथा सहकारी अभियन्ता सुदिप ढकालले सहकारी ऐन २०७४ को मर्म अनुसार संस्थागत सुशासन र पारदर्शिता भएन भने भावी दिनमा सहकारी सञ्चालनमा जटिलता हुने बताए ।
ढकालले सहकारीको ‘पल्स रिर्पोट’ विश्लेषण गर्दा बजारका अधिकांश सहकारी रोगी भएको तथ्य प्रस्तुत गर्दै लोभलाग्दो लाभांश वितरण गर्ने सहकारीले शेयरसदस्यको पैसालाई दुरुपयोग गर्ने हुँदा सचेत हुन आग्रह गरे । संस्थागत नीति र कार्यविधि बनाएर काम नगर्ने हो भने समस्या आइपर्ने हुँदा सहकारी सञ्चालनमा गम्भीरता अप्नाउन आग्रह गरे । उनले सम्पत्ति शुद्धीकरण ऐन बमोजिम कस्तो पैसा सहकारीले निक्षेपमा लिएको छ र कर्जा लगानी गरेको छ भन्ने कुरामा स्पष्टता आवश्यक रहेको जनाए ।
कार्यक्रममा संस्थाका सल्लाहकार मुरलीमोहन काफ्ले, भरत के.सी. अध्यक्ष चन्द्रविक्रम अधिकारी, उपाध्यक्ष हरिप्रसाद खनाल, सचिव शिवराज पौडेल, तुल्सी सिग्देलले सहकारी सञ्चालनका आफ्ना भोगाइहरू राखेका थिए । तनुहँ सम्पर्क समाजका अध्यक्ष अम्बिकाप्रसाद भट्टराई र अमर अधिकारीले तालिम लिइसकेपछिको आफ्ना अनुभव सहभागीका तर्फबाट प्रस्तुत गरेको थिए ।
‘आर्थिक तथा सामाजिक विकासको पूर्वाधार मातृभूमि सहकारी हाम्रो आधार’ भन्ने मूल गुञ्जनका साथ वि.सं. २०६८ सालमा स्थापित मातृभूमि सहकारीले ७ सय भन्दा बढी शेयर सदस्यबिच २० करोडभन्दा बढीको कारोबार गरिरहेको छ । तनहुँ जिल्ला थाँतथलो भई पोखरामा आएर विभिन्न पेशा व्यवसाय गरी बसोबास गर्ने तनुङ्गेहरूको आर्थिक कारोबारको केन्द्रका रूपमा परिचित मातृभूमिले पछिल्लो समय कास्की जिल्लाभरि कार्यक्षेत्रको अनुमति पाएको जानकारी व्यवस्थापक श्रीराम सुवेदीले दिए ।
संस्थाका अध्यक्ष चन्द्रविक्रम अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारी शिक्षा तथा सूचना उपसमितका सदस्य सुरेश रानाभाटले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन भुवन पराजुली काफ्ले र कृष्णराज भट्टराइले गरेका थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
४सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ