
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
७जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
८प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
११पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
कटडा/श्रीनगर, भारत, १७ पुस । दशौँ हजार तीर्थयात्रीले पूजाअर्चना गर्न भेला भएका बेला शनिबार बिहानै भारतीय धार्मिक स्थलमा भागदौड हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
भारत प्रशासित कश्मीरको वैष्णोदेवी मन्दिर जाने बाटोमा शनिबार भागदौड मच्चिएपछि बिहान करिब २ः१५ बजे १२ जनाको मृत्यु भएको हो भने करिब १५ जना घाइते भएकमा छन् र घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ । खासगरी भारतीय हिन्दूहरूले विशेष महत्वको धार्मिक स्थलका रूपमा मान्ने यहाँ हरेक वर्ष लाखौं मानिसहरूले वैष्णोदेवीको दर्शन गरी पूजा अर्चना गर्दछन् ।
घटनामा बाँच्न सफल रविन्द्रले एएफपीलाई फोनमार्फत् जानकारी दिनुभयो, “एकाएक हल्ला र भागदौड मच्चियो । मानिसहरू एकअर्कामाथि लड्न थाले । कसको खुट्टा वा पाखुरा भाचियो कसैलाई मतलब भएको देखिँदैनथ्यो । सबै आफ्नो ज्यान बचाउन भागिरहेको देखिन्थ्यो ।”
“लगभग आधा घण्टापछि एम्बुलेन्स पुग्दासम्म म लगायतका केही मानिसले आठवटा लास घटनास्थलमा जम्मा गरेका थियो भने दर्जनभन्दा बढी घाइते भएका थिए,” उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, “कहालीलाग्दो यस घटनामा जीवित रहन पाएकोमा म भाग्यमानी महसुस गरेको छु तरमेरो आँखा अगाडि घटेको यस दृष्य सम्झिँदा अझै पनि डरले हरीर थरथर काँपीरहेको छ ।
भिडियोमा डरले थरथर काँपीरहेका तीर्थयात्रीहरू बच्न हतारहतार नजिकैको ढिस्कोमा चढिरहेका देखिन्छ ।
स्थानीय अधिकारीहरूले दुई समूहका युवाहरूबीच भएको कथित मतभेद र नयाँ वर्ष दिवसका लागि मानिसहरूको दौडधूप घटनाको मुख्य कारक भएको बताए ।
स्थानीय प्रहरी प्रमुख दिलबाग सिंहले प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआईसँग) भने भागदौड मच्चिएको केही क्षणमा नै प्रहरी त्यहाँ पुगेको बताउनुभयो । प्रहरी पुग्दा केही मानिसको ज्यान गइसकेको थियो भने केही छटपटाइरहेका देखिन्थे ।
तर एक अर्का प्रत्यक्षदर्शीले आफ्नो नाम नबताउने शर्तमा भने, “मेला व्यवस्थापनमा भएको कमीका कारण घटना हुन पुगेको देखिन्छ ।” घटनास्थलमा अत्यधिक भीड भएको र यसलाई व्यवस्थापन गर्ने स्वयंसेवक नदेखिएको उनले बताए ।
यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई समवेदना दिनुभएको छ । मृतकका आफन्तलाई भारतीय दुई लाख रूपैँया र घाइतेलाई ५० हजार राहतस्वरूप दिइने बताउनुभएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै विभिन्न दलका नेता, सरकारी अधिकारी तथा सर्वसाधारणले लेखेका शब्दहरूले सामाजिक सञ्जालका पानाहरू भरिएका छन् । रासस/एएफपी
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की