
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
राजु विश्वकर्मा
जनकपुर, १६ पुस । पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ का रामदेव सदाको परिवार अहिले चिन्तामा छ ।स्थानीयवासी रमानन्द चौधरीले सदा परिवार बसिरहेकोे जग्गा खाली गर्न भनेपछि उनीहरुलाई समस्या भएको हो । “वर्षांैदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएका छौँ”, सदाले भन्नुभयो, “अहिले आएर चौधरीले यो जग्गा मेरो हो भन्दै जग्गा खाली गर्न भन्नुभयो , पछि त अदालतमा पनि मुद्दा हाल्नुभयो ,अहिले कहाँ जाने भन्ने समस्या परेको छ ।” यहाँबाट विस्थापित नै हुन्छ कि भन्ने चिन्तामा डुबेको उहाँको दुखेसो छ ।
“आफूहरुसँग नम्बरी जग्गा छैन, त्यसैले पोखरीको डिलमा फुसको छाप्रो बनाई बस्दै आएका छौँ”, उहाँले भन्नुभयो, “अहिले भोक र निद्रा नै हराएको छ ।”उहाँका अनुसार सदा समुदायले धेरै पहिलादेखि सोही जग्गामा घर बनाएर बस्स्दै आएका थिए । “ बुबा पनि सोही जग्गालाई आफ्नो बासस्थान बनाउनुभयो”, ६० वर्षीय सदाले भन्नुभयो, “हामी पनि यही जग्गामा थाकथलो बनाएर बसिरहेका छौँै, तर अहिले अचानक आएर चौधरीले जग्गा दाबी गर्दै मुद्दा हालेपछि परिवार नै उठीबासमा पर्ने चिन्तामा छौँ ।” पछिल्लो समय केही दिनयता चौधरीले बस्तीमै आएर जग्गा खाली गर्न धम्कीसमेत दिन थालेपछि थप तनावमा परेको सदाको गुनासो छ ।
“कहिलेदेखि हजुरबुबा यो जग्गामा बस्नुभयो भने नै हामीलाई नै थाहा छैन”, डाक्नेश्वरी नगरपालिका–५ का ४५ वर्षीय रामेश्वर सदाले भन्नुभयो, “ जग्गा खाली गराउने भन्दै चौधरी अदालत गुहारेपछि चिन्ताले निद्रा लाग्न छाडिसक्यो, जग्गा छोड्नु परे कहाँ जाने र के खाने भन्ने ? समस्यामा परेका छौँ ।” “पुस्तौँदेखि यही बस्यौँ, यही मजदुरी ग¥यौँ, कहिले पनि कसैले यो जग्गा मेरो हो भनेनन्”, उहाँले भन्नुभयो, “अहिले अचानक चौधरीले जग्गा खालीका लागि धम्की आउन थालेपछि लालाबालासहित कहाँ जाने भन्ने चिन्तामा डुबेका छौँ ।” विस्थापित हुनबाट जोगाइदिन सबैसँग उहाँले अपिलसमेत गर्नुभएको छ ।
स्थानीय रमानन्द चौधरीले जग्गा दाबी गर्दै पोखरीको डिल खाली गराउन अदालत पुगेपछि रामदेव र रामेश्वर सदा मात्र होइन, आर्थिकरुपमा विपन्न मुसहर समुदायसँग आफ्नो जग्गा नहुँदा गाउँ नजिकैको पोखरी डिलमा पुस्तौँदेखि बस्दै आएका २५ घर मुसहर समुदाय उठीबासका जोखिममा छन् ।
स्थानीय चौधरीले पोखरी डिल आफ्नो निजी जग्गा भएको र सदाले जग्गा हडपेर जबर्जस्ती घर बनाई बसेको भन्दै जग्गा खाली गराउन २०७८ मङ्सिर २० गते सप्तरी जिल्ला अदालतमा मुद्दा जोड्नुभएको छ । चौधरीले मुद्दा दिएको अदालतबाट पत्र आएपछि बल्ल थाहा पाएको सुनाउँदै स्थानीय मुसहर समुदायले पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गा खाली नगर्ने अडानमा छन् ।
“पुस्तौँदेखि भोजचलन गर्दै आएको जग्गा खाली नगर्ने आफूहरु पनि अडानमा छौँ”, ३७ वर्षीय ओपेन्द्र सदाले भन्नुभयो, “त्यसैले हामी पनि अदालतमा प्रतिउत्तर जोड्ने तयारीमा छाँै, अन्तिमसम्म हामी पनि लड्छौँ ।” यसमा सबैको सहयोग चाहियो, उहाँको आग्रह थियो । यसअघि सप्तरीको शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहाका दलित समुदायलाई जग्गा खाली गराउन स्थानीय देवीलाल साहले अदालतमा मुद्दा दायर गर्नुभएको थियो । सो मुद्दामा अदालतले यथास्थितिमै राख्न आदेश दिएपछि दलित समुदाय उठीबास हुनबाट जोगिएको थियो ।
यसरी आर्थिक विपन्नता र सामाजिक विभेदमा परेका दलित समुदायलाई आवश्यक परामर्श तथा सहयोगका लागि श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले अभियान सुरु गरेको छ । द फ्रिडम फण्डका सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले दलित बस्तीका हरुवाचरुवा परिवारलाई लक्षित व्यक्तिगत घटना दर्तासँगै सशक्तीकरणका योजनासहितको कार्यक्रम सञ्चालन गरेको केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले जानकारी दिनुभयो ।
दलित समुदाय उठीबाससँगै शिक्षा र नागरिकताको समस्या रहेको पाइएकाले ती समुदायका हरुवाचरुवा परिवारलाई आवश्यक परामर्श र सहयोगको कार्यक्रम सञ्चालन गरिरहेको उहाँकोे भनाइ छ । पुस्तौँपुस्तादेखि बस्दै आएको मुसहर समुदायलाई उठीबास हुन नदिन आफूहरुले पनि सहयोग गर्ने स्थानीय गैरदलित समुदायका अगुवाले समेत बताएका छन् ।
ऐन, कानुनले पनि कसैलाई उठीबास गर्न नहुने व्यवस्था गरेको अवस्थामा मुसहर समुदायलाई उठीबास बनाउने योजनालाई आफूहरुले पनि असफल बनाउन सहयोग गर्ने स्थानीय समाजसेवी असर्फीलाल यादवले बताउनुभयो ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान