News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

सिरहामा बिहानैदेखि कर्फ्यु, यस्तो छ कारण

सिरहा । सिरहा मा आज बिहानैदेखि निषेधाज्ञा गरिएको छ। जनमत पार्टीले केही दिनदेखि गरिरहेको आमहड्ताल र चक्काजामले सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई ध्यान राख्दै निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पुस १३ र १४ गते निषेधाज्ञा गरिएको बताए। बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म भेला हुन र बाहिर हिँडडुल गर्न रोक लगाइएको छ।

साथै निषेधाज्ञाका बेला पनि राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात भने सञ्चालन हुने प्रजिअ कवारीले जारी गरेको सूचनामा उल्लेख छ।