
१चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
२मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
३पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
४मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
५ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
८राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
९मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
१०ग्यास सिलिन्डर लुकाउनेलाई ५० हजार जरिवाना
११आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१२कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
८पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
११आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
१२कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।
बुधबार बस्ने तय भएको बैठक मंगलबार स्थगित गरिएको थियो । तर अर्को बैठकको मिति टुंगो छैन । न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार बैठकको अर्को मिति तोकिएको छैन ।
न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा-बढुवा लगायतको काम रोकिएको भन्दै प्रधानन्यायाधीश जबराले बुधबार दिउँसो ३ बजे बैठक राखेका थिए । कानून व्यवसायी र सहकर्मी न्यायाधीशहरूको असहयोगका कारण न्याय सम्पादनको कामबाट अलग रहेका प्रधानन्यायाधीश जबराले न्याय सेवाको प्रशासनिक जिम्मेवारीहरू रहने आयोगको बैठक बोलाएपछि यसलाई चासोका साथ हेरिएको थियो ।
तर आयोगका सदस्यसमेत रहेका लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी काठमाडौं उपत्यका बाहिर रहेकाले न्याय सेवा आयोगको बैठक स्थगित गरिएको प्रवक्ता कार्कीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय सेवा आयोगमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, लोक सेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य रहन्छन् । न्याय सेवा ऐन २०७३ मा आयोगको अध्यक्ष र अन्य दुई जना सदस्य उपस्थित रहेमा गणपूरक संख्या पुग्ने र बहुमतले निर्णय गर्न सक्ने व्यवस्था छ । तर बैठक स्थगित हुनुको कारणबारे लोक सेवा आयोगका अध्यक्षको अनुपस्थितिलाई मात्रै उल्लेख गरिएको छ ।
यद्यपि अन्य सदस्यहरु पनि सहभागी नहुने संकेत पाएपछि प्रधानन्यायाधीश जबराले बैठक स्थगित गरेको हुनसक्ने अनुमान छ । किनभने मंगलबार नेपाल बार एशोसिएसनका पदाधिकारीहरूले आयोगका सदस्य एवम् कानुनमन्त्री दिलेन्द्र प्रसाद बडु र महान्यायाधिवक्ता खम्बहादुर खातीलाई भेटेर बैठकमा सहभागी नहुन आग्रह गरेका थिए । अर्का सदस्य एवम् सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीले प्रधानन्यायाधीशसँग इजलासमा नबसेका कारण उनी बैठकमा नजाने सूचनाहरु सार्वजनिक भएका थिए ।
प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि सर्वोच्चका अधिकांश न्यायाधीशहरु र कानून व्यवसायीहरु उनले मार्गप्रशस्त गरिदिनुपर्ने पक्षमा छन् । कानून व्यवसायीहरुले त नेपाल बार एशोसिएसनको अगुवाईमा दुई महिना अगाडिदेखि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ ।
१‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
५जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष