News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

एमालेको विरोध छिचोल्दै सदनमा अध्यादेश पेश, अर्को बैठक पुस ६ मा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच सरकारले सदनमा ६अध्यादेश पेश गरेको छ । आज शुरू भएको प्रतिनिधिसभाको बैठकमा सरकारले ६ अध्यादेश पेश गरेको हो ।

विभिन्न मन्त्रालयका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले ६ अध्यादेश सदनमा प्रस्तुत गरेका थिए । उनले नेपाल प्रहरी, तेजाब तथा रासायनिक पदार्थको नियमन, सामाजिक सुरक्षा, रेल्वे, यौन हिंसा तथा फौजदारी कार्यबिधीसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश।

यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश बैठकमा पेस गरेका हुन् ।

आफूले कारबाही गरेका सांसदहरूलाई सभामुखले कारबाहीको सूची टाँस नगरेको भन्दै एमालेले संसद पुनर्स्थापनादेखि नै विरोध गर्दै आएको छ। अध्यादेश पेसपछि पनि एमाले सांसदको विरोध नरोकिएपछि सभामुख सापकोटाले बैठक पुस ६ गतेसम्मका लागि स्थगित गरेका छन् ।